प्रेम कुमार श्रेष्ठ लिसंखुपाखर
सिन्धुाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नं २ लिसंखु स्थित श्री बुद्धोदय मा वि अक्षयकोषको आयोजनामा विजयदशमी २०८० को पावन अवसरमा श्री बुद्धोदय मा वि को प्राङ्गणमा हिजो महाअष्टमीका दिन शुभकामना आदन प्रदान तथा गाउँपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगिता कार्यक्रम भएको छ।
श्री बुद्धोदय मा वि अक्षयकोषका अध्यक्ष विश्वास योञ्जनको सभापतीत्वमा बागमति प्रदेश सभाका माननीय सदस्य माईली तामाङको प्रमुख आतिथ्यता, लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाको विशिष्ट बिशेष आतिथ्यता र उपाध्यक्ष मिठुदेवी लामाको विशेष आतिथ्यता भएको हो कार्यक्रममा पुर्व जनप्रतिनिधि, समाजसेवी, वुद्धिजिवी, शिक्षाप्रेमी लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागीता रहेको थियो । माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा श्री संसारीमाई माध्यमिक विध्यालय लिसंखु पाखर ७ प्रथम, श्री बुद्धोदय मा वि लिसंखु पाखर २ द्वितीय र श्री सम्पदा मा वि लिसंखु पाखर ५ तृतीय भएका छन।
प्रथम हुने सहभागीले रू ७००० नगद पुरुष्कार साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन, द्वितीय हुनेले नगद रु ५००० र तृतीय हुनेले नगद रु ३००० साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन।सोही अबशरमा अक्षयकोष स्थापनामा नगद सहयोग गर्नुहुने विभिन्न व्यक्तिहरुलाई कोषको तर्फबाट सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो। श्री बुद्धोदय मा वि अध्ययनरत विध्यार्थीहरुलाई छात्रवृत्ति प्रदान, सार्वजनिक सेवामा प्रवेश सम्बन्धि विभिन्न कक्षाहरु सञ्चालन र पत्रकारिता सम्बन्धि तालिम सञ्चालन लगायतका विभिन्न गतिविधि हरु सञ्चालन गर्ने उदेश्यले कोषको स्थापना भएको कोषका अध्यक्ष विश्वास योञ्जनले बताउनु भयो।कार्यक्रममा प्रमुख अतिथी माननीय तामाङले प्रतियोगितामा भाग लिएर बिजेता हुनु हुने सबैलाइ बिशेष धन्यबाद दिदै बिजेता हुने र भाग लिने सबैले जितेको बताउानु भयो । 
उँहाले नृत्य स्वास्थ्यका लागी अती महत्वपुर्ण भएकाले यसको बिकासका लागी स्थानीय सरकार र प्रदेस सरकारले बिशेष चासोका साथ काम गरिरहेको बाउँनु भयो यसै गरी बिशिष्ट अतिथी गाँउपालिका अध्यक्ष लामाले पालिकाले बिद्यालयको शिक्षाको गुण स्तर बृद्धीका लागी बिशेष कार्यक्रम गरिरहेको बाउँनु भयो ।
