सम्पर्क

आजदेखी दशैं सकियो

वडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनागरी आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ ।
आज जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँने गर्दछन् । माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।