सम्पर्क

काभ्रेमा बोलेरो दुर्घटना, ११ जना घाइते

काभ्रेको बेथानचोक गाउँपालिका–१ निगालेमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काभ्रेको खानिखोला गाउँपालिकाबाट बनेपातर्फ आउँदै गरेको बा १४ च ७०७७ नम्बरको बोलेरो पल्टिँदा एमालेका नेताहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइतबार दिउँसो शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समापन गरी फर्कंदै गरेको गाडी दुर्घटनामा परेको हो ।

बोलेरोमा सवार एमाले नेताहरु संविधान सभा सदस्य रामहरि सुवेदी, पूर्व सांसद नविना लामा, एमाले बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामालगायत १७ जना रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।