सम्पर्क

चनौटेमा नवनिर्मित प्रहरी चौकी भवन उद्घाटन

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका – ५ चनौटेमा नवनिर्मित प्रहरी चौकि भवन उद्घाटन भएको छ ।
आईतबार एक समारोहकाबिच बागती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले आज एक कार्यक्रमकाबीच भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्धघाटन गर्दै कार्यक्रमलाई मन्त्री श्रेष्ठले चौकी स्थापनाले शान्ति सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अपराध नियन्त्रण गर्ने दायित्व प्रहरी र स्थानीयको हो त्यसैले यस्तो कार्यमा मिलेर अगि बढ्न नसके यति राम्रो भवनको औचित्य नै नरहने समेत उहाँले बताउनुभयो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमद्धारा समाजमा हुने विभिन्न किसिमका अवाञ्छनिय क्रयाकलापहरुलाई रोक्न नेपाल प्रहरीले गाउँ वस्तिहरुमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आईरहेको हुदा सानो र ठुला दुबै घटनाहरुको बारेमा प्रहरीलाई सूचना दिन कसैले नहिच्किचाउन उहाले आग्रह समेत गर्नुभयो ।
बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी किरण राणाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय गंगानारायण श्रेष्ठको प्रमुख अतिथि, विशेष अतिथि बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, अमृता नेपाल (प्रभा), कुमारी तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम
स्याङ्बा,े वडा अध्यक्षहरु नेपाल प्रहरीमा कार्यरत कर्मचारी, स्थानियलगायतको उपस्थितिमा रहेको थियो ।