सम्पर्क

काभ्रेमा ट्रिपर सञ्चालनमा रोक,दोलालघाटमासवारीयान्त्रीक जाँच

एकराजश्रेष्ठ,
सवारी दुर्घटना हुन नदीन र सडक जाम हुन नदीनका लागी जिल्ला प्रशासन कार्यलय काभ्रेपलाञ्चोकले कार्तीक २गते बिहीबार बिहान ५बजे देखी काभ्रे पलाञ्चोक जिल्लाको अरनिको राजमार्ग र बिपी राजमार्गमा सडकहरुमा टिपर सञ्चालनमा रोक लगाएको छ । कार्तीक १गते जिल्ला प्रशासन कार्यलयमा बसेको सर्बपक्षीय बैठकबाट यस्तो निर्णय भएको साहयक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनु भयो । उँहाका अनुसार सवारी चापका कारण कार्तीक २गते बिहान ५बजे देखी १३गते बेलूका ट्रिपर सञ्चालमा रोक लगाउँने निर्णय भएको हो ।    यसै बिच काभ्रे पलाञ्चोक जिल्लाको दोलालघाटमा सवारी साधनको यान्त्रीक परिक्षण गरिएको छ । दुर्घटना न्युनिकरण को उद्धेयश्यका साथ दोलालघाट प्रहरी चौकी तथा ट्राफिक प्रहरीको आयोजनामा , पुर्व अरनिको यातायात प्रालि अन्तर्गत दोलालघाट का कर्मचारीहरुको बिशेष समन्वयन तथा दोलालघाट अवस्थित मोटर ग्यारेजका मिस्त्रीहरुको सहयोगमा बसहरुको यान्त्रिक चेक जांच गरिएको हो । सो क्रममा चेकजांच गर्दा एउटा बसको समस्या जटिल भएको भेटिएकोले सो बसलाइ तत्काल सोही ग्यारेजमा पुर्ण मर्मत गराइ सवारी सञ्चालन गराइएको थियो । उक्त बस दुर्घटना हुन सक्ने सम्भावनामा रहेको थियो । पुर्व अरनिको यातायात प्रालि अन्तर्गत संचालन भएका सम्पुर्ण बसहरुको संस्थाको नियमानुसार संचालन भए नभएको कर्मचारीबाट छुट्टै चेक जांच गर्ने कार्य समेत गरिएको थियो । यसरी चेक जाँचमा दोलालघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक पशुपति पाठक ,ट्राफिक प्रहरी का प्रहरी सहायक निरिक्षक उमेश थपलिया लगायत सुरक्षाकर्मीहरु पुर्ब अरनिको यातायात प्रालकिा दोलालघाट स्थित कर्मचारी हरु एकराज श्रेष्ठ, हुुकुम लामा , सुर्य बहादुर लामा दाजुभाइ ग्यारेजका शान्त सलाम लगायत को सशभागीता रहेको थियो ।