सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिकाले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापती एवम् कान्तिपुर दैनिकको उपसम्पादक ऋषिराम पौडेललाई ‘सिन्धु पत्रकारिता सेतो बाघ’ बाट सम्मान गरिएको छ ।
गाउँपालिकाले
२०४९ सालदेखी सिन्धपाल्चोक जिल्लाबाट पत्रकारिताको यात्रामा लाग्नुभएका पौडेलको कलमले सिन्धुको समृद्धिमा टेवा पुगेको भन्दै सुनकोशी गाउँपालिकाले सम्मान गरेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
पौडेलललाई सम्मान गर्दै पत्रकारिता गर्व गर्न र अनुकरण गर्न लायक भएकोले उँहालाई सम्मानीत गर्ने अबसर पाँउदा आफुलाई खुशी लागेको बताउँनु भयो । उहाँले बिगतका दिनहरुमा भन्दा शिक्षा क्षेत्रमा प्रगती भएको भन्दै बिद्यालयमा पढ्ने र पढाउँने काममा प्रत्यक्ष रुपमा उपलब्धी हुन पर्ने बताउँनु भयो । सम्मान कार्यक्रममा गाउँपालिकाले वनजङ्गल जोगाउँन ठुलो भुमिका निर्वाह गर्नु भएका शारदा प्रसाद चालिसे, सामुदायिक बिद्यालयको तर्फबाट पालिका प्रथम (छात्रा) हुन सफल बन्दना थापा र कक्षा १२ तर्फबाट पालिका द्वितिय हुन सफल खिलकुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

सामुदायिक र निजी बोर्डिङका प्लस टु र एसईईका गरी १० उत्कृष्ट नतिजा ल्याउने विधार्थी र गाउँपालिकामा कार्यरत दुई जना कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो ।
सुनकोशी गाउँपालिका–४ यमुनाडाँडा स्थायी घर भएका पौडेलले विकट गाउँका जनजीवनका अवस्थालाई राज्यसमक्ष पु¥याउन पत्रकारितामार्फत योगदान गर्नुभएको थियो ।
सुनकोशी गाउँपालिकाले बुधबार विजयादशमीको चियापान तथा सम्मान कार्यक्रम गर्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका पूर्व सभापति समेत रहनुभएका पौडेललाई सम्मान गरेको हो । सञ्चारकर्मी पौडेलले सिन्धुपाल्चोकमा दर्जनौँ पत्रकार उत्पादन गर्नुभएको थियो ।
सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिना, उपाध्यक्ष कान्छी तामाङ सहित जनप्रतिनिधिहरुले दोसल्ला ओडाएर सम्मान गरीएको थियो ।
