सम्पर्क

बलेफी ८मा आर्थीक स्थिती कमीभएका महीलालाइ सहयोग

सिन्धुपाल्चोकजिल्लाको बलेफी गाउँपालिका वडा नं.८ का वडाभित्रका आर्थिक स्थिति कमजोर भएका महिलाहरुलाई सरसफाइका लागी आबश्यक सामाग्री सहीत न्यानो कपडा वितरण गरीएको छ । गाँउपालिकाका उपाध्यक्ष शरु लामाको प्रमुख अथितथ्यतामा वडा भित्रका महीलाहरुलाइ उक्त सामान बितरण गरिएको वडा नं ८का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठको सभापतीत्वमा उक्त सामाग्री बितरण गरिएको हो । सो अबशरमा पालिका उपाध्यक्ष लामाले सामाग्री हस्तान्तरण गर्दै वडामा रहनु भएका आर्थीक स्थिती कम्जोर भएका महीला आमा दिदी बहीनीहरुलाइ यसरी सहयोग उपलब्ध गराएकोमा वडा अध्यक्षलाइ बिशेष धन्यबाद दिनु हँुदै पालिका तथा वडाका बजेटको मात्र भर नपरी अन्यत्रबाट बजेट तथा यस्ता सहयोगका काम गर्ने महान कार्य ुभएकोमा यो कार्य को प्रशंसनिय रहेको बताउँनु भयो। यस्तै सामाजिक कार्य भावी दिनहरुमा गर्दै जान समेत उहाँले सुझाव दिँदै आफ्नो तर्फबाट सकेको सहयोग गररहने बताउँनु गर्नुभयो।वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको पहलमा वडा भित्रको विपन्न महिलाहरुलाई न्यानो कपडा र सरसफाइका सामाग्री सहितको सेट वितरण गरिएको हो । गत सोमबार पालिका उपाध्यक्ष सरु लामा तामाङ को प्रमुख अतिथ्यतामा र वडा नम्बर ७ का अध्यक्ष गृविन्द्रकुमार चौलागाईं को बिशेष अतिथ्यतामा वडा अध्यक्ष श्रेष्ठको पहलमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले उपलब्ध गराएको महीला सामाग्री सेट साबुन, लुगाधुने साबुन, नुहाउँने साबुन जाडोका लागी पछ्यौरा, महिलाहरुले लगाउने कपडाको सेट सहीतको सामान हाललाई वडाभित्रका ९ जना महिलाहरुलाई बितरण गरिएको हो। कार्यक्रममा यो शुरु वात हो शुरुवातको समयमा थोरै महीला दिदीबहीनीहरुलाइ लिन सफल भए पनी आगामी दिनहरुमा पनि आर्थिक स्थिति कमजोर भएका महिलाहरुलाई पनि यस्तै सामाग्री सहयोग गर्दै जाने वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो।