सम्पर्क

दशैंलाई लक्षित गरी बाह्रबिसे बजार सरसफाई

नेपालीहरुको महान चाड वडा दशैंलाई लक्षित गरि मंगलबार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाले विभिन्न क्षेत्र सरसफाई गरिएको छ । बाह्रबिसे नगरपालिकाको आयोजना तथा विभिन्न संघ संस्थाहरू, ईलाका प्रहरी बाह्रबिसेको समन्वयमा बाह्रबिसे नगरपालिकाको वडा नं. ३, ४ र ९ स्थित रहेको बजार परिसरमा बजार सरसफाई गरिएको छ ।

दशैंको सुरूवात असोज २८ गते घटस्थापना देखि सुरू भईसकेको छ ।
चार्ड पर्व सुरू भएपछि बजार क्षेत्र, धार्मिक तथा पर्यटकीय क्षेत्र र सार्वजनिक स्थानहरूलाई सफा सुन्दर बजार निर्माण गर्न सरसफाई कार्यक्रम गरिएको बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।

सरसफाईका क्रममा झाँडी सफा गर्ने र फोहोर वस्तु हटाउने कार्य गरिएको थियो । सरसफाई कार्यक्रममा नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङ, बजार व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय बाह्रबिसे, ट्राफिक प्रहरी, विभिन्न संघ संस्थाका कर्मचारी, वडाअध्यक्षहरु, वडासदस्यहरु, होटल व्यवसायी, व्यापारी, बजारबासी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।