सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका—९ भोटसिपामा २ सय ७१ जनाले निःशुल्क स्वास्थ्य चेक जाँच गराएका छन् । ईन्द्रावती गाउँपालिका वडा नं. ११ बोडगाउँ आधारभुत अस्पतालको समन्वय तथा सहकार्य, जय नेपाल संस्था र ईन्द्रावती–९ वडा कार्यालयको संयुक्त आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७१ जनाले सेवा लिएका हुन् । शिविरमा डा.सुमन कर्माचार्य, डा.अनिता तिमल्सीना, डा. धर्मेन्द्र पाण्डे लगायत बिदेसी ईटालियन डा.हरुको टोलीले सेवा प्रदान गरेको थियो ।
वडामै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको ईन्द्रावती–९ का वडा अध्यक्ष बाबुराम लामाले बताउनुभयो । गाउँमै निःशुल्क स्वास्थ्य चेकजाँच गर्न पाएपछि स्थानीय खुसी भएका छन् ।
