जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मंगलबार ६८ औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय परिषरमा भएको कार्यक्रममा प्रहरी सेवामा कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
प्रहरी कामकार्वाहीमा उत्कृष्ट भूमिका निर्वाह गरी आफुलाई सुम्पिएको पदीय जिम्मेवारी प्रसंशनीय तवरबाट कार्य सम्पादन गर्ने २२ प्रहरी कर्मचारीहरुलाई पुस्कृत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा अध्यक्षतामा सम्पन्न कार्यक्रमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको प्रमुख आतिथ्यता, विषेश अतिथि सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, विषेश अतिथि नगर उपप्रमुख सिता थापा, राष्ट्रिय अनुसन्धानका प्रमुख सुदिप अधिकारी , बिभिन्न सुरक्षा निकायका प्रमुख पत्रकार महांसघ अध्यक्ष जिवन श्रेष्ठ, वडा अध्यक्ष शिव श्रेष्ठ र जिल्लाभरका प्रहरी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखहरू, पूर्व प्रहरी कर्मचारीहरू, बिभिन्न सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुखहरू, पत्रकार लगायतका व्यतित्वहरुको उपस्थीति रहेको थियो ।
दिवसकै अवसर पारेर जिल्लामा आयोजित ब्याडमिन्टन तथा टेबल टेनिस प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीलाई नगद तथा प्रमाणपत्र वितरण समेत गरिएको थियो ।
प्रहरी संगठनले बैधानिकता प्राप्त गरेको ६८ बर्ष लामो एवं गरिमामय ईतिहासमा यो विशेष दिन बिबिध कार्यक्रमका साथ नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालयहरु, नेपाल प्रहरी प्रदेश कार्यालयहरु र जिल्ला प्रहरी कार्यालयहरुमा स्थापित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई वीर अमर प्रहरीहरु प्रति श्रद्धाञ्जली अर्पण गरि मनाएका छन् ।
