सम्पर्क

ब्रेकिङ न्युज २

“६८ औँ प्रहरी दिवस २०८०” को अवसरमासरसफाई कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले “६८ औँ प्रहरी दिवस २०८०” को अवसरमासरसफाई कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा को नेतृत्वममा बिहीबार जिल्लाको दरमुकाम चौतारासाँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थितमा रहेको हजार सिँढी वरपर र चौतारा अस्पताल आसपासका स्थानहरुमा सरसफाई कार्यक्रम गरिएका हो । यसै गरी बिहीबार नै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा को प्रमुख अतिथ्यता प्रहरी कर्मचारीहरु बिच टेवल टेनिस खेल भएको छ । (फोटो .जिप्रका सामाजकि सञ्जालबाटंं)...

त्रिपुरासुन्दरी स्वास्थ शाखा प्रमुख सहित स्वास्थकर्मीहरु सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पृथ्वीजंग पाण्डे / बार्हबिसे नेपाल स्वास्थकर्मी युनियन बागमती प्रदेश कार्यसमितिको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रम बिहिवार काठमाडौको टेकुमा सम्पन्न भएको छ। नेपाल स्वास्थकर्मी युनियनले बिजयादशमी ,दिपावली ,नेपाल सम्बत ,छठ तथा इद पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम बागमती प्रदेशका स्वस्थकर्मीहरुको उपस्थितिमा कार्यक्रम गरेको हो।कार्यक्रममा बागमती प्रदेशका स्वास्थ क्षेत्रमा उल्लेखनीय कार्य सम्पादन गरे बापत प्रदेशका विभिन्न स्वास्थकर्मीहरु सम्मानित भएका छन। सिन्धुपाल्चोकको उत्कृष्ट कार्य सम्पादन गरे बापत उत्कृष्ट कर्मचारीको सम्मान पत्र प्राप्त गर्नेमा मेलम्ची नगर अस्पतालका ज्ञानेन्द्र सिग्देल , त्रिपुरासुन्दरी स्वास्थ शाखा प्रमुख चन्द्रनारायण साह र बार्हबिसे नगरपालिका बाट राज कुमार पौडेल सम्मानित हुनुभएको छ।यस अघि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको वार्षिक समिक...

सिन्धु प्रेस युनीयनको उपाध्यक्ष पाख्रिन नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
  नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार २०२२ बाट कान्तिपुर टेलिभिजनकी सिन्धुपाल्चोक संवाददाता नेपाल प्रेस युनियुन सिन्धुपाल्चोकको उपाध्यक्ष कमला पाख्रिन र सन्धान अनलाइकी दिलमाया शाहीलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री नाराणकाजी श्रेष्ठले बिहीबार नेपाल पत्रकार महासंघमा आयोजित कार्यक्रममा पाख्रिन ११११११र शाहीलाई ११११११ गरी दुई लाख २२ हजार २२२ रुपैयाँ संयुक्त रूपमा प्रदान गर्नु भएको हो ।देशभरबाट पुरस्कार समितिलाई विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारबाट प्राप्त २२७ आवेदनसहितका सामग्रीमध्येबाट पुरस्कृत छनोट भएको थियो । नेजाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा २०१३ देखि ग्रामीण क्षेत्रका पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।यसपटक देखि दुई जनालाई पुरस्का...

झोल साबुन तथा डिटरजेन्ट बनाउने तालिम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा झोल साबुन तथा डिटरजेन्ट बनाउने पाँच दिने तालिम सम्पन्न भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल)को आयोजनामा भएको तालिममा मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ का माझी र दनुवार समुदायका १४ जनाको सहभागिता रहेको परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका शिक्षा शाखा प्रमुख रवि शर्माले जुन उदेश्यले तालिममा सहभागी हुनुभयो त्यो उदेश्यलाई पच्छ्याउदै अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले संस्थाले गरेको लगानी र ५ दिनको अमुल्य समयलाई खेर जान नदिइ सदुपयोग गर्न आग्रह गर्नुभयो । शर्माले बजारीकरणका लागी नगरपालिकाले गर्ने समन्वयमा सधैं तयार रहेको भन्दै तालिमको लागी तालिम मात्र नभएर व्यवहारिक जिवनमै प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रेडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदीले तालिम लिइसकेपछि सि...

फट्टेमा सवारी साधन सुचारु

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
मेलम्ची नगरपालिका – ११ स्थित फट्टेमा रातारात ह्युम पाइप राखेर सवारी साधन आवत जावत गराइएको छ । चाडवाड नजिकिएको र खोलाको सतह घटेसंँगै नगरप्रमुख आइतमान तामाङको निर्देशनमा ३ दिन अघिदेखि अस्थायी पुल निर्माण कार्य सुरु गरेको थियो । १६ गते आएको बढीले क्षति पुर्याएपछि मर्मत गरी संचालनमा बुधबार देखी ल्याएको हो । २०७८ साल असार १ को बाढीले पक्कि पुल बगाए संगै हिउँदमा अस्थायी रुपमा खोलामा ह्युम पाइप राखेर सवारी आवागमनलाई सहज बनाउने गरिएको छ । बर्खा लागेसंँगै उक्त ह्युमपाइप झिकिए पश्चात् मेलम्ची नगरपालिकाको वडा नं.७, ८, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको नागरीकले सास्ती खेप्दै आएका थिए । अब अस्थायी पुल निर्माणसँंगै स्थानीयलाई चाडपर्वको लागि आबश्यक सामाग्री ढुवानी गर्न तथा मानिसहरुलाई आवातजावत गर्न सहज हुनेछ । उक्त स्थानमा संघ र प्रदेस सरकारले बेवास्था गरेपनी स्थानीय नागरिकका लागी नगरपालिकाले पक्क...

बाह्रबिसेको नर्सरी महिला लाई

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकामा वडा नं. ८ मानेस्वारमा फरेसट एक्सन संस्थाको सहयोगमा नर्सरी टनेल निर्माण गरीएको छ । एक्सनले निर्माण गरेको उक्त नर्सरी सेतिदेवि महिला समुहलाई हस्तानन्तरण गरिएको छ । बाहबिसे नगरपालिकाको उपप्रमुख मन्जु तामाङले एक समारोहका बिच बुधबार नर्सरीको उद्धघाटन गर्नु भएकोे हो । उद्धघाटनसँगै सोही स्थानको महिला समुहलाई नर्सरी हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा उपप्रमुख तामाङले नर्सरी निर्माण गर्ने काममा सहायोग गरेर नगरको आयआर्जनमा सहयोग गरेकोमा एकसन परिवारलाई बिशेष धन्यबाद दिदै महिला समुहलाई भोलिका दिनमा थप सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले नगरपालिकाका नागरिकहरलाई कसरी सेवा दिने र कसरी नागरिकलाई स्थानीय स्तरमा नै रोजगारको व्यवस्था गर्ने भनेर नगर लागि परेको बेला यस्ता खालका योजनाहरु निर्माण हुँदा आफुलाई खुशी लागेको समेत बताउँनु भयो । ...

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सुनकोशी सुनकोशी गाउँपालिकाले वृद्धा, एकल महिला तथा अपाङगहरुले पाउने सामाजिक सुरक्षा भत्ता सम्बन्धीत वडा कार्यालय मार्फत नै वितरण गरेपछि वृद्धाहरु खुसी भएका छन् । बैकमा गएर लामो लाइन बसेर भत्ता लिन झण्झट भएपछि गाउँपालिकाले बैंकहरुसँग समन्वय गरेर सम्बन्धीत वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाएको थियो । गाउँपालिकाले पहिलो दिन वडा नम्बर–६ बाट सम्बन्धित वडामा नै गएर सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गरेको थियो । सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र वडा नम्बर ६ का अध्यक्ष चक्रबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताको रकम वितरणको सुरुवात गर्नुभएको थियो । सुनकोशी गाउँपालिका    मा नयाँ जनप्रतिनिधि आएपछि भने ज्येष्ठ नागरिकहरुलाई गत वर्षदेखि सम्बन्धित वडाबाटै भत्ता वितरण सुरु गरेको छ । बैंकमा पुगेर भत्ता लिन झन्झटिलो भएको गुनासो ...

चाडवाडमा सुरक्षा निगरानी बढाइयो

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ चाडवाडका समयमा काठमाडौँ उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडवाडका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता’ नारासहित थालिएको सुरक्षा निगरानीका क्रममा आवश्यकताका आधारमा ड्रोन र कुकुरबाट गस्ती गर्ने तयारी गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो । “वडादसैँ, तिहार, नेपाल सम्वत र छठका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ, ललितपुर र भक्तपुर प्रहरी परिसर तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त रुपमा अभियान थाल्दै छन्”, उहाँले भन्नुभयो । यस्तै बैंक, वित्तीय संस्था तथा नगद र गरगहनाको कारोबार हुने स्थानमा सादा पोशाकमा सुरक्षाकर्म...

मेलम्चीद्धारा हेलम्बुलाइ १०लाख सहयोग

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
  विपद् व्यवस्थापनको लागि मेलम्ची नगरपालिकाबाट छिमेकी हेलम्बु गाउँपालिकालाई१०लाख सहयोग प्रदान गरेको छ ।सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगर पालिकले हेलम्बु गाँउपालिका र पाँचपोखरी थाम्पाल गाँउपालिकालाइ १०,१० लाख रुपैया सहयोग गर्ने निर्णय थियो । नगरपालिकाले बाढीका कारण क्षति पुर्याएको पाँचपोखरी थाङपाल गाउँपालिकालाई यस अघि रु १० लाखको चेक हस्तान्तरण गरेको थियो । उक्त सहयोग सम्बन्धमा मिति २०८० साल भाद्र १७ गते बसेको कार्यपालिका बैठकबाट आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको थियोनगर प्रमुख आइतमान तामाङले हेलम्बु गाउँपालिका अध्यक्ष श्री निमा ग्याल्जेन शेर्पालाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो । आइतबार नगर प्रमुख तामाङको कार्यकक्षमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गर्नु भएको नगर सचिवालयका मानकाजी पाख्रीनले जानकारी दिनु भयो । उँहाका अनुसार वर्षातको समयमा आएको बाढीका कारण हेलम्बुम...

इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सांसदको माग

ब्रेकिङ न्युज २, समाचार
सांसदहरुले इजरायलमा रहेका नेपालीको तत्काल उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै परराष्ट्रमन्त्री एनपी साउदले हमास समूहले इजराइलमा आक्रमण गर्दा तीन जना नेपाली घाइते भएको र १२ जनाको अवस्था अज्ञात रहेकोबारे संसद्लाई जानकारी गराउनुभएको थियो । शून्य समय र विशेष समयमा बोल्नुहुने अधिकांश सांसदले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न र तत्काल उद्धारका काम थाल्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो । संसद्को विशेष समयमा सांसद पदम गिरीले इजरायलमा रहेका नेपाली नागरिकको जीवन रक्षा र उद्धारमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले केही कैदीबन्दीको सजाय मिनाहा गरेको विषयमा पनि उहाँले असन्तुष्टि जनाउनुभयो । दसँै तिहारको समयमा उपभोक्ता बजारमा अनकौंँ समस्या देखिएको उल्लेख गर्नुहुँदै उहाँले यस्ता स...