राष्ट्रिय स्तरमा मात्रै नभई एशियामा नै आफ्नो प्रस्तुती दिन सक्ने खेलाडी उत्पादन गरेर ठुलो सिरुवारीले नगरकै शिर उच्च राख्न सफल भएको भन्दै चौतारा सँँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले १३नं वडाका वडाअध्यक्ष तथा वडाबासीहरुलाइ बिशेष धन्यबाद दिनु भएको छ । सोमबार वडा स्तरीय खेलकुद विकास समितको आयोजनामा हिन्दुहरुको दोस्रो ठूलो चाड दिपावलीको अवसरमा भएको खेलकुद महोत्सव को समापन तथा वडा कार्यलयले गरेको चियापान कार्यक्रमलाइ सम्बोधन गर्दै उँहाले यस्तो बताउँनु भएको हो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले एशिया स्तरमा नै पहीचना दिने खेलाडीहरुलाई आफुले नगरको सम्पतिको रुपमा लिईरहेको र नगरद्धारा यस्ता खेलाडीहरुको संरक्षण र विकास लागी चौतारा साँगाचोकगढी नगरपालिकाले बिशेष सहयोग गरिरहेको र गरिरहने बताउँनु भयो । उँहाले नगरपालिका को १३ नं वडामा भएको खेलाडीहरुको उत्साहजनक प्रर्दशन गरेर ठूलोसिरुवारीले खेल क्षेत्रमा गरेको विकासले नगरकै शान बढाएको भन्दै ‘खेल क्षेत्रमा तिब्र विकासमा रहेको यो वडाको खेलकुद पूर्वाधार निर्माण गर्न आफ्नो पहिलो प्राथमिकता हुने बताउँनु भयो । कार्यक्रममा बिशीष्ट विशेष अतिथि चौतारासाँगाचोकगढी नगरपालिकाका उप प्रमुख सीता थापाले खेल क्षेत्रको बिकास भनेकै स्वास्थ्यको समेत बिकास हुनु हो भन्नु हँदै खेलले मात्रै समाज विकास हुने बिश्वासका साथ खेल क्षेत्रको संरक्षण र विकासका लागी नगरपालिकाको प्राथमिकतामा रहेको बताउँनु भयो । यसै गरी विशेष अतिथि तथा १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमले खेल क्षेत्रको विकासमा नगरको मात्रै नभई जिल्लाकै नमुना वडा बनाउने योजना अगाडी सार्दै १३ नम्बर वडा ठूलोसिरुवारीको खेल क्षेत्रको विकासलाई नगरले स्वामित्व ग्रहण गरेर अधुरो रहेको खेल मैदान पुरा गर्न प्रदेश तथा केन्द्रमा आवश्यक बजेटको पहल गरिदिन नगर सँँग माँग गर्दै नगर पालिकाले पनी खेल बिकासका लागी लगानी गर्न माग गर्नु भयो । नगर तथा वडा कार्यालयको आर्थिक सहयोगमा भएको उक्त प्रतियोगितामा विजेता खेलाडीहरुलाइ नगद पुरस्कार र टर्फी सहित प्रमाणपत्र प्रदान प्रदान गर्नू भएको थियो खेल महोत्सवमा कँराते, फुटबल, भलिबल, सटफुट र ज्याब्लिङ थ्रो गरी ६ वटा खेल भएको थियो भने दौडमा ३४, सटफुट तथा ज्याब्लिङ थ्रोमा ४७, भलिबलमा ४०, फुटबलमा ६० र करातेमा ४२ गरी २ सय २३ जना खेलाडी सहभागी रहेको आयोजक ले सो अबशरमा जानकारी दिनएका थिए । खेलमा ३००० मिटर दौड प्रतियोगितामा पुरुष तर्फ रोजन श्रेष्ठ ८ मिनेट १४ सेकेन्डमा पार गरी प्रथम हुनु भएको थियो भने पेम्बा तामाङ ८ मिनेट २९ सेकेन्डमा पार गरी द्वितीय हुनु भएको थियो ।त्यसैगरी महीला तर्फ कुण्डला माविकी अञ्जना दुलालले ११ मिनेट ३५ सेकेन्डमा ३००० मिटर पार गरी प्रथम हुनु भउको थियो भने सेतीदेवी मावीकी अस्मिता श्रेष्ठले ११ मिनेट ४३ सेकेन्डमा पार गरी द्वितीय हुनु भएको थियो ।यसै गरी भलिबल खेलमा सेतीदेवी माबीका विद्यार्थी प्रथम र सेतीदेवी शिक्षक समुह द्वितीय भएको थियो । त्यसैगरी सटफुटमा पुरुष तर्फ सुदिप गहतराज प्रथम हुनुभएको थियो भने दिलिप दुलाल द्वितीय हुनुभएको थियो । त्यस्तै केटी तर्फ मनिषा तामाङ प्रथम र सपना तामाङ द्वितिय भईन । त्यसैगरी ज्याब्लिङ थ्रो मा पुरुष तर्फ राजिव थापा प्रथम र सन्तोष श्रेष्ठ द्वितीय हुनुभएको थियो भने महीला तर्फ सपना तामाङ प्रथम, अस्मिता श्रेष्ठ द्वितीय हुनु भएको थियो ।कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका संयोजक सुरेश राना, पूर्व जनप्रतिनिधि ईन्द्रबहादुर नेपाल लगाएतले मन्तब्य राख्नु भएको थियो ।
