सम्पर्क

ब्रेकिङ न्युज २

मेलम्चीमा खोज तथा उद्धार सम्बन्धि एकदिने अभिमुखिकरण तालिम

ब्रेकिङ न्युज २, समाचार
रीड नेपालको आयोजनामा एकदिने खोज तथा उद्धार सम्बन्धि अभिमुखिकरण तालिम मेलम्चीमा सम्पन्न भएको छ । करुणा ट्रस्टको आर्थिक सहयोग र मेलम्ची नगरपालिकासँंगको समन्वयमा सोमबार भएको तालिममा मेलम्ची नगरपालिका वडा अध्यक्षहरु, ७ वटा विद्यालयका इको क्लब शिक्षक,विद्यार्थी,सामुदायिक वनका पदाधिकारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले रिड नेपालले विगत देखी विपद,आयआर्जन , महिला हरुलाई सिपसंग जोड्दै सशक्तिकरणका लागी गरेको ठुलो सहयोग गरेको भन्दै संस्थाको कामको प्रशंंसा गर्नुभयो । सिन्धुपाल्चोक विपद ग्रस्त जिल्ला भएकाले पनि यहाँ विपदसंग सम्बन्धी धेरै सचेतनताका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । विपद जतिबेला पनि पर्ने भएकाले पुर्वतयारीको लागी चनाको हुनपर्ने बताउनुभयो । उहाँले संस्थाले दिएको सामानको सहि सदुपयोग गर्न समेत सुझाउनुभयो । उहाँले आगामी दिनमा सधैं समन्वय ...

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई आरक्षण दिने पहिलो प्रदेश

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौं : लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ। लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ। ऐनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एक प्रतिशत आरक्षण सुनिश्चित गरिएको छ। ऐनमा गरिएको पदपूर्ति सम्बन्धी विशेष व्यवस्था अनुसार प्रदेश निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद छुट्ट्याई सो प्रतिशतलाई शत प्रतिशत मान्नु पर्ने भनिएको छ। यो व्यवस्था अनुसार निजामती सेवामा खस आर्य महिला १५ प्रतिशत, आदिवासी जनजाति महिला ९ र पुरुष ९ प्रतिशत, मधेसी महिला ८ र पुरुष ८ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ। दलित (पहाडी र मधेसी) महिला ८ र पुरुष ७ प्रतिशत, थारु महिला ७ र पुरुष ७ प्रति...

इन्द्रावतीका जनजातिलाई प्राथमिकतामा राखेर निशुल्क शिक्षा दिने वातावरण बनाउनुपर्छ ः अध्यक्ष माझी

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  सन्तोष सिग्देल,बोडगाउँ । इन्द्रावती गाउँपालिका वडा नं ११ का वडा अध्यक्ष रामजी माझीले इन्द्रावतीका जनजातिलाई प्राथमिकतामा राखेर निशुल्क शिक्षा दिने वातावरण बनाउनुपर्ने बताउँनभएको छ।इन्द्रावती ११ का माझी समुदाय शिक्षामा पछाडी परेको भन्दै अध्यक्ष माझीले गाउँपालिकाले यसमा ध्यान दिनुपर्ने बताउँनु भयो । हेलम्बु एजुकेशन एण्ड लाइभलिहुड पार्टनरशिप (हेल्प) को शैक्षिक सामाग्री र ब्याग वितरण कार्यक्रममा मन्तव्य राख्दै माझीले शिक्षामा सक्षम भए मात्र सोचेको कुराहरू पूरा हने बिचार ब्यक्त गर्नू भयो ।कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाललाई वडा भित्रका शिक्षामा रहेका समस्याहरूको अवगत गराउँदै बोडगाउँका एकजना माझीले पनि निजामती शेवामा प्रवेस गर्न नसकेकोमा दुख ब्यक्त गर्नूभयो । ’यहाँका एकजना ब्यक्तिले पनि शिक्षकको जागिर खान सकेका छैनन्, त्यो लेभलमा पुराउन हामीले सकेका छ...

हेल्पद्वारा ३ सय २२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

ब्रेकिङ न्युज २, समाचार
हेल्पले इन्द्रावती गाउँपालिका – ११ का ३ विद्यालयमा झोला लगायत शैक्षिक सामग्री वितरण गरेको छ । इन्द्रावती गाउँपालिका ११ बोर्डगाउँ स्थित सेतीदेवी माध्यमिक विद्यालय, परोपकार आधारभूत विद्यालय र बिसदेउटार आधारभूत विद्यालयका गरि ३२२ जना विद्यार्थीलाई सामग्री वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले अति सीमान्तकृत जनजातिका बालबालिकाले गुणस्तरीय शिक्षा पाउन भन्ने उदेश्यले गरिएको सहयोग प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । उहाँले शिक्षा विना समाज र समुदायका कुनैपनि विकास संभव नभएको भन्दै शैक्षिक समृद्धिको आवस्यकता रहेको बताउनुभयो । अध्यक्ष नेपालले शिक्षालाई गाउँपालिकाले प्रमुख प्राथमिकता दिएको जानकारी दिदै सिकाइ उपलब्धीलाई वृद्धि गर्ने उदेश्यले शिक्षाका क्षेत्रमा गाउँपालिकाले गरेका कामका बारेमा जानकारी गराउनुभयो । पालिकामा रहेका ४२ वटा सामुदायिक विद...

काँग्रेस बलीयो बनाउँनैका लागी अभियानः हुमागाइ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
  नेपाली काँग्रेस भित्र सुधार्न पर्ने धेरै कुराहरु छन त्यसलाइ सुधार गर्नैका लागी सामुदायमा कागे्रस अभियान शुरु गरिएको केन्द्रीय सदस्य एवम अभियानका सिन्धुपाल्चोक प्रतिनिधी शिब प्रसाद हुमागाँइले बताउँनु भएको छ । नेपाली काँग्रेसको माघ १६ गते देखी शुरु हुने अभियानको लागी सिन्धुपाल्चोक जिल्लाको कार्य समिती पदाधिकारी प्रदेसका पदाधिकारी हरु पालिका का पदाधिकारीहरु बिचको बैठकमा उँहाले यस्तो धारणा राख्नु भएको हो । बैठकलाइ सम्बोधन गर्दै केन्द्रीय सदस्य हुमागाइले सिन्धुपाल्चोक जिल्लाको काँग्रेसलाइ कसरी बलीयो बनाउँने भन्ने बिषयमा आफु केन्दीत रहेको बताउँदै बैठकमा आगामी माघ १६ गते देखी २६गते सम्म पाटीले हरेक वडावडाटोलटोलमा गएर स्थानीय कार्यकर्ता सँग छलफल गर्न र त्यँहाका बारेमा जानकारी लिनका लागी सबैलाइ केन्द्रको निर्देशन अनुसार जिम्मेवारी बहन गर्न भन्नु भयो । उँहाले काँग्रेसबाट निर्बाचित जनप्रतिन...

माडीमा तेस्रो प्रदेश युवा सम्मेलन २०२४ सुरु

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
बागमती प्रदेशका मुख्यमन्त्री माननीय शालिकराम जम्कट्टेलद्वारा “प्रदेश युवा सम्मेलनः २०२४” को औपचारिक रुपमा उद्घघाटन भएको छ । ’उद्यमी युवा समृद्ध देश ः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपाल युवा परिषदद्वारा चितवनको माडीमा माघ १३ देखि १५ गतेसम्म आयोजित कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट १८ देखि ३५ वर्ष उमेर समुहका करिव २०० युवाहरुले सहभागिता जनाएका छन् ।नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुभकामना मन्तव्य दिने क्रममा “बागमती प्रदेशसँग थुप्रै कार्यक्रमहरु छन्, प्रशस्त बजेट छ, आउनुहोस् सहकार्य गरौं । हामी सदैव हजुरहरुको लागी तयार छौं, हामीले सक्छौं, हामीले सक्ने हो र हामीले नै हाम्रो देश बनाउने हो, त्यसैगरी स्थानीय उत्पादन र कृषि उद्यमशील...

गाउँले सामुदायिक वन सहकारीको १३ आंै बार्षीक साधरण सभा

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको गाउँले सामुदायिक वन सहकारी संस्थाको १३ आंै बार्षीक साधरण सभा शनिबार सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष उद्धव नेपालले सभाको उद्धघाटन गर्नु भएको थियो । सभाको उद्धघाटन गर्दै नेपालले सहकारीताका माध्ययमबाट गरेका हरेक कामहरुको सफलताका कारण अहिले सहकारीप्रती वडाबासीहरुको बिश्वास बढ्दै गएको बताउँनु भयो । उहाँले वडा भित्र रहेका सहकारी सस्ंथाहरुको विकासका लागी आफुले सकेको सहयोग गरी रहेको बताउँनुभयो । उहाँले हरेक उत्पादनमुखी काम गरेर सहकारीताका माध्ययमबाट स्थानिय रोजगारका लागी सहयोग पु्र्याइ राखेका सहकारी संस्थाहरुलाई वडा कार्यालयबाट पनी सहयोग गरिरहेको बताउँनुभयो ।   सामुदायक वन अभियान्ता तथा सहकारी संस्थाका संस्थापक रामचन्द्र बस्नेतले एक आपसमा मिलेर काम गरिरहेका सहकारी संस्थाहरु आफै सक्...

सिद्धिगणेश सामुदायिक वन उपभोक्ता समूहको साधरणसभा सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला स्थित चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ७मा रहेको सिद्धीगणेश सामुदायिक वन उपभोक्ता समुहको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ७का वडा अध्यक्ष डम्बर बहादुर तामाङ को प्रमुख अतिथ्यता र समुहका अध्यक्ष बिजय नेपालको अध्यक्षतामा सम्पन्न भएको समुहको साधरण सभाले वन संरक्षण का साथै बिभिन्न निर्णय हरु गरेको छ । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी तामाङले खेर गइरहेको वनको संरक्षण गर्न समुहले खेलेको भुमिकाको प्रशंसा गर्देै सिद्धीगणेश सामुदायिक वन उपभोक्ता समुहले गरेका कामहरुले वडाको पहीचान दिएको बताउँनु भयो ।कार्यक्रममा विशेष अतिथि रुपमा बोल्दै पुर्व वडाध्यक्ष उमाप्रसाद दुलालले सामुदयीक बन समुह ले विगत देखी धेरै राम्रा कामहरु गर्दै आएको बताउँनुभयो , सामुदायिक वन उपभोक्ता महासंघमा सिन्धुपाल्चोक अध्यक्ष जनक गिरि, चौतारा नगर अध्यक्ष ऋषिराम न...

बाल सुधार माविको भूतपूर्व बिद्यार्थी समाज तदर्थ समिति गठन

ब्रेकिङ न्युज २, समाचार
 सिन्धुपाल्चोक जिल्लाको मेलम्ची –७ दुवाचौर स्थित रहेको श्री बाल सुधार माध्यमिक विद्यालयमा अध्ययन गरि हाल विभिन्न ठाउँमा रहेका भुतपुर्व विद्यार्थीहरुको पहिलो तथा ऐतिहासिक भेला आयोजना गरेको छ । भुतपुर्व विद्यार्थी भेला आह्वान मुल समितीको आयोजनामा भएको भेलाले प्रदिप पुरीको अध्यक्षतामा बाल सुधार माध्यमिक विद्यालय भूतपूर्व बिद्यार्थी समाज तदर्थ समिती गठन गरिएको छ । समितिको उपाध्यक्षमा दिपा श्रेष्ठ, सचिवमा नवीन श्रेष्ठ, कोषाध्यक्षमा नवीन गिरी सदस्यहरुमा देवराज सुवेदी, कृष्ण ढुंगाना, सोनाम तामाङ, कमला श्रेष्ठ, सुस्मिता गिरी चयन हुनुभएको छ । साथै भेलाले बिद्यालयका पूर्व प्रधानाध्यापक ज्ञानेन्द्र श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ । प्रमुख अतिथि वडा अध्यक्ष पासाङ तामाङले भूपू विद्यार्थीहरुको सक्रियतामा भेला आयोजना हुनु खुशिको कुरा रहेको बताउँदै सबै मिलेर दुवाचौरलाई नमुना ...

तातोपानी नाका हुँदै जापानमा नेपाली सामाग्री निर्यात

ब्रेकिङ न्युज २, समाचार
७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर तातोपानी नाका भएर जापानमा नेपाली सामाग्री निर्यात भएको छ । भन्सार प्रमुख दयानन्द केसीका अनुसार चीन ट्रान्जिट भएर उत्तरी नाकाबाट नेपालकै इतिहासमा पहिलो पटक निर्यात सुरु भएको छ । हाललाई २४ सय बक्सा बाइबाई जिङ्ग चाउचाउ चीन भएर जापान निर्यात भएको भन्सार प्रमुख केसीले जानकारी दिनुभयो । त्यस्तै भियतनाममाबाट तातोपानी नाका नै भएर बेसार आयात भएको पनि उहाँले जानकारी दिनुभयो । गत वैशाख १८ गतेबाट दुईतर्फी रुपमा नै नाका सञ्चालनमा आएपछि पछिल्लो पटक चीनबाट आयातमा वृद्धि भएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार पछिल्ला दिनहरूमा दैनिक २५ कन्टेनर सामाग्री नेपाल भित्रिने गरेको छ । आयातमा वृद्धि भए पनि निर्यात भने ठप्प प्राय रहँदै आएको तातोपानी नाकाबाट तेस्रो मुलुकमा नै नेपाली सामाग्री निर्यात हुन थालेपछि भने नाका भएर निर्यातमा पनि वृद्धि हुने विश्वास गरिएक...