सम्पर्क

इन्द्रावतीका जनजातिलाई प्राथमिकतामा राखेर निशुल्क शिक्षा दिने वातावरण बनाउनुपर्छ ः अध्यक्ष माझी

 

सन्तोष सिग्देल,बोडगाउँ । इन्द्रावती गाउँपालिका वडा नं ११ का वडा अध्यक्ष रामजी माझीले इन्द्रावतीका जनजातिलाई प्राथमिकतामा राखेर निशुल्क शिक्षा दिने वातावरण बनाउनुपर्ने बताउँनभएको छ।इन्द्रावती ११ का माझी समुदाय शिक्षामा पछाडी परेको भन्दै अध्यक्ष माझीले गाउँपालिकाले यसमा ध्यान दिनुपर्ने बताउँनु भयो । हेलम्बु एजुकेशन एण्ड लाइभलिहुड पार्टनरशिप (हेल्प) को शैक्षिक सामाग्री र ब्याग वितरण कार्यक्रममा मन्तव्य राख्दै माझीले शिक्षामा सक्षम भए मात्र सोचेको कुराहरू पूरा हने बिचार ब्यक्त गर्नू भयो ।कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाललाई वडा भित्रका शिक्षामा रहेका समस्याहरूको अवगत गराउँदै बोडगाउँका एकजना माझीले पनि निजामती शेवामा प्रवेस गर्न नसकेकोमा दुख ब्यक्त गर्नूभयो । ’यहाँका एकजना ब्यक्तिले पनि शिक्षकको जागिर खान सकेका छैनन्, त्यो लेभलमा पुराउन हामीले सकेका छैनौँ’, उहाँले भन्नु भयो ।’कृषि र रोजगारमा प्रोत्साहन गर्न सके मात्र माझीका बच्चाकाहरूलाई लाभ हुन्छ’ भन्दै अध्यक्ष माझीले ’बोडगाउँका ब्यक्तिहरू कोहि इन्द्रावतीको बगरमा, कोहि खाडीमा पसिना बगाउँदै छन’, ’यहाँका नागरिकलाई कृषि र रोजगारीमा जोड्न विशेष योजना ल्याउन जरूरी छ, हामी यसको बारेमा कार्यपालिकामा पनि कुराहरू राख्छौँ’ भन्नु भयो ।कार्यक्रममा उपस्थित अभिभावकहरूलाई अध्यक्ष रामजी माझीले विद्यार्थीलाई नियमित विद्यालय पठाउन आग्रह गर्नु भयो । ’बालबालिकाको निगरानी गर्नुस । संस्थागत विद्यालयमा पढेर मात्र प्रगती गर्न सकिन्छ भन्ने भ्रम छ, त्यो भ्रम हामीले त्याग्नुपर्दछ’, भन्दै सरकारी विद्यालयलाई सुधार गर्न सबै अभिभावक, विद्यार्थी र शिक्षक लागीपर्न जरूरी भएको बताउँनु भएको छ ।