नेपाली काँग्रेस भित्र सुधार्न पर्ने धेरै कुराहरु छन त्यसलाइ सुधार गर्नैका लागी सामुदायमा कागे्रस अभियान शुरु गरिएको केन्द्रीय सदस्य एवम अभियानका सिन्धुपाल्चोक प्रतिनिधी शिब प्रसाद हुमागाँइले बताउँनु भएको छ । नेपाली काँग्रेसको माघ १६ गते देखी शुरु हुने अभियानको लागी सिन्धुपाल्चोक जिल्लाको कार्य समिती पदाधिकारी प्रदेसका पदाधिकारी हरु पालिका का पदाधिकारीहरु बिचको बैठकमा उँहाले यस्तो धारणा राख्नु भएको हो ।
बैठकलाइ सम्बोधन गर्दै केन्द्रीय सदस्य हुमागाइले सिन्धुपाल्चोक जिल्लाको काँग्रेसलाइ कसरी बलीयो बनाउँने भन्ने बिषयमा आफु केन्दीत रहेको बताउँदै बैठकमा आगामी माघ १६ गते देखी २६गते सम्म पाटीले हरेक वडावडाटोलटोलमा गएर स्थानीय कार्यकर्ता सँग छलफल गर्न र त्यँहाका बारेमा जानकारी लिनका लागी सबैलाइ केन्द्रको निर्देशन अनुसार जिम्मेवारी बहन गर्न भन्नु भयो । उँहाले काँग्रेसबाट निर्बाचित जनप्रतिनिधी वा केन्द्रीय पदाधिकारीहरुलाइ चिनाउँने नै काँग्रेस भएकाले काँग्रेस भन्दा ठुलो ब्यक्ती हुन नसक्ने बताउँनु भयो । हुमागाई ले मतदानका बेला के के प्रतिवद्वता गरियो, के के गरियो त्यस तर्फ ध्यान जान पर्ने बताउँदै जित्ने हार्ने सबैले आफ्नो प्रितबद्वता ,पूरा गर्न लागि पर्नु पर्ने बताउनु भयो। बिपी स्मृती भवन चौतारामा भएको कार्यक्रममा जिल्ला पाटी सभापती जङ्गबहादुर लामाले सिन्धुपाल्चोक काग्रेसमा गुट उपगुट नभएको तर बिपी स्मृती भवनमा कार्यलय राखेको मन नपर्ने केही ब्यक्तीहरु यस कार्यलयमा नआएको हुन सक्ने बताउँनु भयो । उँहाले पाटि सँधै ,विधि,बिधानअनुसार सञ्चालन हुन्छ , हामि जिल्लाका नेतृत्व तहले केन्द्र,प्रदेसको निर्देशन र पाटिको बिधान अनुसार चल्ने भएकोले यो कार्यक्रम पनि सोहि अनुसार भएको बताउँनु भयो । उँहाले खाशगरि जनताको के आवश्यक छ त्यो आवश्यक पूरा भयो कि भयन भनेर वडावडामा केन्द्रीय प्रतिनिधिको समेत उपस्थितिमा यो छलफल चलाईएको बताँउनु भयो। स्वागत मन्तव्य राख्दै पुर्व सचिव तथा महाधिबेशन प्रतिनिधि बिल बहादुर तामाङ्ले कार्यक्रम सँगै कार्यकर्ताको मुल्यङ्कन हुन पर्ने मुल्याङ्कन गर्दा पारिबारिक भन्दा पनि वास्तिवकतामा रहेर कार्यकर्ताको समस्या समधान गर्न सके मात्र कार्यक्रम ले साथर्कता पाउने बताउनु भयो । यसै गरी कार्यक्रममा पुर्ब सभापती भ्ुापेन्द्र बहादुर थापाले नेपाली काँग्रेसमा कार्यकर्ताको मुल्याङ्कन हुन नसकेको प्रती ध्यान दिन अनुरोध गर्नु भयो ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापती एवम मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ्गले पाटीले सिफारिस गरेको स्थानमा बजेट नपरेकोमा दुःख ब्यक्त गर्दै २ नंम्बर क्षेत्रमा कँग्रेसले जितेका पालिकामा काँग्रेसले र नजीतेका पालिकाहरुमा प्रदेस सभा सदस्यले बिकासका कामहरु गरिरहेका जानकारी गराउँनु हँुदै काँग्रेसलाइ बलीयो बनाइ राख्न आफुहरु लागी परेको बताउँनु भयो । नेपाली काँग्रेसका पुर्ब सभापती श्याम बहादुर श्रेष्ठ , नेता डा पे्रम ध्वज लामा नेपाल बिद्यार्थी सघंका महामन्त्री बलदेब तिमिल्सिना लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा भएको कार्यक्रमको सञ्चालन जिल्ला पाटी प्रचार बिभागका सिके चौलागाइले गर्नू भएको थियो भने केन्द्रीय प्रतिनिधि हुमागाईको तर्फबाट नेपाल बिध्यार्थी सङ्घ केन्द्रीय सदस्य अनिल सापकोटाले अभियानका बारेमा केन्द्रबाट प्राप्त पत्र पढेर सुनाउँनु भएको थियो । समुदायमा कांग्रेस अभियान
समुदायमा जाऔं, जनताका कुरा सुनौं भन्दै नेपाली कांग्रेसले २०८० माघ १३ देखि २६ गतेसम्म “समुदायमा कांग्रेस” अभियान संचालन गर्ने निर्णय गरेको थियो । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई तत् तत् तहमा कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति वैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिने उद्देश्य अभियानको रहेको छ। उक्त अभियानको लागि सिन्धुपाल्चोक जिल्लमा हुमागाइलाइ खटाएको हो । जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सवै १०३ वटै वडामा प्रतिनिधिहरू खटिनु पर्ने छ । माघ १६ गते शहिद दिवसको दिन विशेष कार्यक्रम सहित अभियानको पहिलो चरण प्रारम्भ हुनेछ । उक्त दिन देसको ६७४३ वटै वडामा मात्र कार्यक्रम हुनेछ । सम्बन्धित वडा र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि बाहेक नेपाली कांग्रेसको केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आवद्ध केन्द्रदेखि स्थानीय तहसम्मका साथीहरू आफु क्रियाशील सदस्य रहेको वडामा पुग्नु पर्नेछ । उक्त दिन सवै साथीहरू वडाको कुनै न कुनै श्रमसंग सम्बन्धित काम वा सामाजिक कार्यमा सहभागी हुनु पर्नेछ ।अभियानको यो चरण माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुनेछ।
;dfkg x’g]5.
