सम्पर्क

समाचार

आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

ब्रेकिङ न्युज २, समाचार
कक्षा १२ परीक्षा आज (शुक्रबार) देखि देशभर एकैसाथ सुरुहुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको  सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष डा महाश्रम शर्माले राससलाई जानकारी दिनुभयो  । उहाँले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गर्नुभयो ।  उहाँ अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् । परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा नि...

अवैध यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउ सहित २ पक्राउ

ब्रेकिङ न्युज १, समाचार
अवैध रुपमा बिक्रीका लागि बोकेर हिँडेको अवस्थामा यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारी स्थित प्रहरी चेक पोष्टमा सवारी साधन चेक जाँच गर्ने क्रममा तातोपानीबाट बाह्रविसे तर्फ आउँदै गरेको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी नायव उपरिक्षक निरन्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका वडा नं.५ का २६ वर्षीय वाङ्गेल तामाङ र भोटेकोशी गाउँपालिकाकै २४ वर्षीय पासाङ नुर्पु तामाङ रहेका छन् । वाङ्गेलले चलाएको बा.प्र ०२–०३७ प २८७५ नम्बरको मोटरसाइकल पछाडि सवार नुर्पुले बोकेको झोलाभित्र यार्सागुम्बा– १०७० (तौल २०३.४३० ग्राम) वटा र निलो रङको प्लाष्टिकको झोलामा ल्याएको अवस्थामा साना ठुला गरि जम्मा ७३ (तौल ६६६.९२० ग्राम ) वटा ढ्याङ्ग्रो च्याउ फेला पारी बरामद गरेको हो । बर...

सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, १२ वैशाखः सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले आज सार्वजनिक मानव अधिकारसम्बन्धी वार्षिक प्रतिवेदनमा विश्वका विभिन्न ठाउँमा भइरहेका युद्ध, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग, दुव्र्यवहारजस्ता कारणले मानव अधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख भएको बताउनुभयो । “द्वन्द्वमा परेका नागरिकहरूले उच्चतम मूल्य चुकाइरहेकोमा शक्तिशाली सरकारहरूले मानवतालाई प्रभावकारी अन्तर्राष्ट्रिय कानुन बिनाको एउटा युगमा पु¥याइरहेका छन्”, प्रतिवेदनमा भनिएको छ, “द्रुत गतिमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्सका कारण पनि समस्या भइरहेको छ ।” प्रतिवेदनमा दुव्र्यवहारविरुद्ध उभिँदै र मानव अधिकार संरक्षण तथा साझा मानवताको सम्मानको ...

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

ब्रेकिङ न्युज १, राजनिती, समाचार
यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ । निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, ए...

गाउँ–गाउँमा रहेका लघु उद्यमीलाई महासङ्घमा समेट्न मन्त्री भण्डारीको आग्रह

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ग्रमीण भेगमा रहेका साना उद्यमीलाई नेपाल लघु, घरेलु तथा साना उद्योग महासङ्मा समेट्न आग्रह गर्नुभएको छ । उहाँको सम्मान गर्न महासङ्द्धारा आज आयोजित कार्यक्रममा मन्त्री भण्डारीले गाउँमा भएका साना उद्यमीलाई समेट्न सके उहाँहरुले विभिन्न सीप र प्रविधि प्राप्त गरेर आफ्ना उत्पादनलाई बजारसम्म पु¥याउन मद्दत पुग्ने बताउनुभयो । उहाँले महासङ्घमा वास्तविक उद्यमीलाई मात्र समेट्न आग्रह गर्नुभयो । मन्त्री भण्डारीले बढीभन्दा बढी महिलालाई लघु, घरेलु तथा साना उद्यममा जोड्न सके त्यसले वास्तवमै राम्रो परिणाम दिने उल्लेख गर्नुभयो । महिलालाई उद्यमशिलतामा जोड्न सके त्यस्ता उद्यमले दीगोपना ल्याउने उहाँको भनाइ छ । सो अवसरमा महासङ्घले मन्त्री भण्डारी समक्ष विभिन्न २४ वटा मागसमेत राखेको छ । महासङ्घले महिला उद्यमी, कृषि उद्योगलगायतका उद्यमीहरुलाई दिइँदै आए...

हेल्पद्धारा ल्यापटप सहित शैक्षिक सामग्री सहयोग

ब्रेकिङ न्युज २, समाचार
हेलम्बु एजुकेशन एण्ड लाइभ्लिहूड पार्टनरसिप (हेल्प) ले भोटेनाम्लाङ माध्यमिक विद्यालयको प्रत्येक शिक्षकलाई ल्यापटप सहित शैक्षिक सामग्री सहयोग गरेको छ । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाँउपालिका– ७ मा रहेको भोटेनाम्लाङ माध्यमिक विद्यालयका शिक्षकहरुलाई शैक्षिक गुणस्तर बृद्धिका लागि सहयोगी हुने अपेक्षाका साथ १० थान ल्यापटप, खेलकुद सामग्री, इसिडि देखि कक्षा ४ सम्मका शिक्षकका लागि शैक्षिक सामग्री लगायत मंगलबार हस्तान्तरण गरिएको हो । केहि दिन अघि विद्यालयको बार्षिक उत्सवका अवसरमा गरिएको प्रतिवद्धता अनुसार उक्त सामग्री सहयोग गरिएको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिनुभयो । सहयोगप्रति प्रधानाध्यापक गोपीकृष्ण पराजुलीले आभार प्रकट गर्नुभयो । हेल्पले सिन्धुपाल्चोक लगायत देशका बिभिन्न स्थानमा साथि शिक्षक, स्कुल इन अ व्याग, छात्रबृत्ति लगायत सहयोग गर्दै आइरहेको छ ।...

भिरखर्कका आगलागी पीडितलाई राहत सामग्री सहयोग

ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत (अधिराज) सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं.७ भिरखर्कका आगलागीपीडितलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ । गएको आईतबार कौ रे कान्छाको घरमा ग्यासको सिलिन्डर लिक भई लाखौको धनमाल सहित घर जलेर नष्ट भएको थियो । आगलागीपीडितको परिवारलाई बाह्रबिसे नगरप्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मन्जु तामाङ वडा अध्यक्ष जीबन कुमार भण्डारी लगाएतको टोली सोमबार घटनास्थल पुगेर खाद्यान्न सामग्री, लत्ताकपडा, टेन्ट, केहि जिन्सि नगद सहित सहयोग हस्तान्तरण गर्नुभएको हो । नगरपालिकाबाट गर्नुपर्ने सहयोग जतिसबै गर्ने प्रतिबद्धता सहित धेरैजसो आगो लागी घटनाहरु ग्यास लिकेज र बिद्युत लाईन सर्टबाट हुने भएको हुंँदा त्यसबाट जोगौं र सतर्क अपनाऔं हुन सम्पुर्ण नगरबासीहरुमा नगर प्रमुख बस्नेतले अनुरोध गर्नुभएको छ ।...

हातहतियार ३५ दिनभित्र नवीकरण गर्न सिन्धुपाल्चोक जिल्ला प्रशासनको आग्रह

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले हातहतियार लिएर नवीकरण नगरेकालाई ३५ दिन भित्र नवीकरण गर्न अनुरोध गरेको छ । विभिन्न व्यक्ति तथा संस्थाहरुले हातहतियार राख्नको लागि अनुमति लिने तर, नवीकरण गरेको अभिलेख नभेटिएकाले तोकिएको समयभित्र नवीकरण गर्न प्रशासनले सोमबार सूचना प्रकाशित गरेको छ । सिन्धुपाल्चोक सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले ५ वर्षभन्दा बढी नविकरण नगरेका व्यक्तिलाई हातहतियार ईजाजतपत्रसहित बुझाउन आग्रह गरेको छ । गृहमन्त्रालयको निर्देशन बमोजिम जारी गरेको सुचनामा जुन जिल्लाबाट हातहतियार खरखजानाको इजाजतपत्र जारी भएको हो सोही जिल्लाबाट मात्रै इजाजतपत्र नवीकरण गर्ने र इजाजतपत्र हातहतियार सम्बन्धित व्यक्तिको साथमा नभई अन्य व्यक्तिको साथमा रहेको पाईएमा उक्त व्यक्तिको ईजाजतपत्र रद्द गरी सो हतियार समेत जफत गर्ने तथा हातहतियारको ईजाजतपत्र प्राप्त गरेको जिल्ला बाहेक अन्य जिल्ला...

सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस्ः मन्त्री चौधरी

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० ले आयोजना गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवस र र सत्यनारायण बहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । चौथो अंगको रूपमा सबैले स्वीकार गरेको पत्रकारिता क्षेत्रको साझा संस्थालाई सबैले अपनत्व गर्ने संस्थाको रूपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो । पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराई सबैले मान्ने राष्ट्रको नेता भएको भन्दै मन्त्री चौधरीले नेता भट्टराईलाई त्यागी नेताका रूपमा बुझ्ने गरिएको बताउनुभयो । ‘पत्रकार महासंघको स्थापनाका सन्दर्भमा महासंघ आफैले संवाद सु...

गर्मी बढेसँगै अधिकांश वन जङ्गलमा डढेलोको प्रकोप

ब्रेकिङ न्युज १, समाचार
अत्यधिक गर्मी बढेसँगै अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । सिन्धुपाल्चोक जिल्लामा एक सय ९९ हेक्टर वनक्षेत्र डढेलोले नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वन डढेलोले सखाप पारेको हो । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिनुभयो  ।  उहाँका अनुसार मेलम्चीको २६ हेक्टर क्षेत्रफल वन  डढेलोले सखाप भएको छ । जिल्ला वन कार्यालयका वन अधिकृत रमेश दुलालका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन । यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन् । वनमा डढेलो लगाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोकमा पहिलोपटक बलेफी गाउँपालिका वडा ...