राणाकालीन विद्यालयको दर्दनाक अवस्था ,श्री पद्मको भौतिक अवस्थाको विषयमा गम्भीर भएर लाग्नु पर्ने मन्त्री खड्गी
भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बताउनुभएको हो । सय वर्ष पुरा भएको विद्यालयलाई स्थानीय निकाय देखि प्रदेश केन्द्रले समेत उपेक्षा गर्दा इतिहास लोप हुने अवस्थामा पुगेको देख्दा आफूलाई ज्यादै दुःख लागेको बताउनुभयो । उहाँले भूकम्प देखि हाल सम्म विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधारका विषयमा विद्यालयले चालेको कदमको विषयमा जानकारी लिनु भएको थियो ।यस्तै विद्यालयका प्रधानाध्यापक राम हाडाले नमुना विद्यालयको रूपमा विद्यालय छनोट भएको भए पनि स्थानीय निकायको असहयोगका कारण विद्यालय भवन बन्न नसकेको र टहरामा नै अध्यापन गराउन बाध्य भएको बताउनुभएको थियो । विद्यालय दरबार क्षेत्र भित्र पर्ने भएक...
