सम्पर्क

सामाजिक सञ्जालमा लेख्दैमा जनताको दुख थाहा हुँदैन, दुख थाहा पाउँन जनतामाझ जानपर्छ ः बस्नेत

 

नेपाली काँग्रेसका केन्द्रिय सदस्य पुर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतले सामाजिक सञ्जालमा लेखेको भरमा जनताको दुख थाहा पाउँन नसकिने बताउनुभएको छ । उहाँले नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षत्र नं. १ द्वारा आयोजित बिजयादशमी तथा दिपावलीको शुभकामना आदानप्रदान तथा बर्तमान अबस्थाको प्रकृतिक बिपद ब्यबस्थापन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै यस्तो बताउँनु भएको हो । बस्नेतले जहाँ काँग्रेस त्यहाँ बिकास, जहाँ बिपद त्यहाँ काँग्रेस भन्दै आफुले भ्याएसम्म हरेको बिपदमा परेका नागरिकहरुको साथमा साथ दिएर उद्धारका लागि अघी बढ्ने बताउँनु भयो । उहाँले सिन्धुपाल्चोक जिल्लामा मात्र होइन अधिराज्यका हरेक जिल्लामा परेको बिपदमा आफुहरु जाने र सहयोग गर्ने बताउँनु हुँदै यो सहयोग कुनै सरकारी ढुकुटीको नभएर नेपाली काँग्रेसका साथीहरुको ब्यक्तीगत भएको बताउँदै बाढी पहिरोबाट ज्यान गुमाएकाहरुका लागि आफुले गरेको ५० हजार सहयोगका लागी महाधिबेशन प्रतिनिधी साथीहरुबाटै सङ्कला गरेर बितरण गरिएको बताउँनु भयो । उहाँले राजधानिमा बसेर सामाजिक सञ्जालमा लेखेर मात्र जनताको दुख बुझ्न नसकीने बताउँदै प्रत्यक्ष घटना स्थलमा गएर साथ दिन पर्ने बताउँनु भयो । उहाँले बिपदले पाटीको मान्छे भन्दैन जसलाई पनि पर्न सक्छ त्यसैले आफु र आफ्नो पाटीले पाटी होइन पिडीतको पक्षमा काम गरेको बताउँनु भयो । बस्नेतले यस्तो अबस्थामा सरकारको मात्र मुख ताक्न नहुने बताउँदै नेताहरु सबै राहत सहयोगमा जुट्न पर्ने बताउँनु भयो । उक्त अबसरमा आफु भाषणमा भन्दा पनि काममा बिश्वास गर्ने भएकाले काम गर्न आएको बताउँदै आजै तातोपानी नाकाको बाटो खाल्न लागी परेको बताउँनु भयो । सो अबसरमा नेपाली काँग्रेसका क्षेत्रीय सभापती बालकृष्ण बस्नेतले आपत बिपदमा आफ्नो पालिका मात्र भन्न हुँदैन जहाँ बिपद छ त्यँहा सहयोग गर्नु पर्छ भन्नु हुँदै बिपदमा राजधानी बसेर बोल्दैमा जनताको नेता हुन नसकने भएकाले अरु माननीयहरुलाई पनि मोहन बस्नेतको जस्तै बिपद भएका ठाउँमा गएर सहयोग गर्न अनुरोध गर्नुभयो । सो अबसरमा जिल्ला समन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठ उद्योग बाणी संघका जिल्ला अध्यक्ष बुद्धराज बस्नेत लगाएत पाटीका नेताहरुले बिपदका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । खोर्सानीबारीको कवडहलमा भएको कार्यक्रममा बिभिन्न पाटी परित्याग गरी दर्जनौ ब्यक्तिहरुलाई केन्द्रीय सदस्य बस्नेतले नेपाली काँग्रसमा प्रबेश गराउँनु भएको थियो भने हल गोरु पालेका कृषकहरुको गोरु मरेको हुँदा गोरुको बिमा तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत सहयोग बितरण गर्नु भएको थियो ।