सम्पर्क

जिल्ला नै बिपदग्रस्त घोषणा गर्न माग

संघीय सरकारले सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तह मध्य भोटेकोशी गाउँपालिकालाई मात्र विपदग्रस्त पालिका घोषणा गरेपछी पुनरवालोकनका लागी पत्रचार गरिएको छ ।
गृह मन्त्रालयबाट जिल्लालाई बिपद ग्रस्त पालिका र क्षेतीको बिवरण माग गरेपछी सिन्धुपाल्चोक जिल्लाको बिपद ब्यवस्थापन समितीको बैठक बसेको र सोही बैठकमा भएको निर्णय अनुसार भोटेकोशी गाँउपालिकालाई अन्य पालिकाको तुलनामा बिपत ग्रस्त पालिका भएको भनि निर्णय गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा बाढी पहिरोले क्षेती गरेका कारण १२ वटै स्थानीय तहलाई बिपद ग्रस्त पालिका घोषणा गर्न शनिबार नै पत्रचार गरिएको बताउँनु भयो । यसअघी नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रतिनिधी सभा क्षेत्र नं. २ का सदस्य पुर्बमन्त्री मानीय मोहन बहादुर बस्नेतले २०७७ असोज ६ गते र २०७८ साउन ४ गते दुई पटक सिन्धुपाल्चोक जिल्लालाई नै सरकारले विपदग्रस्त क्षेत्र घोषणा गरेको स्मरण गराउँदै निर्णय गलत भएको हुँदा सच्याउँन प्रजिअलाई अनुरोध गरेको बाह्रबिसेमा नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितीद्धारा आयोजित बिपद व्यवस्थपन सम्बन्धी छलफल तथा चियापान कार्यक्रममा बताउँनु भएको थियो ।
उता १ नं. क्षेत्रका माननीय सुबोध सापकोटा प्रदेश सासंदहरु युवराज दुलाल, सरल सहयात्री, अमृता नेपाल र कुमारी लामाले हस्ताक्षर गर्दे अन्य पालिकाहरु समेत बिपद ग्रस्त पालिका सिफारिस गर्न आग्रह गर्नुभएको थियो ।