सम्पर्क

भोटेकोशी नदी लार्चामा ह्युम पाईप द्वारा मोटर बाटो सञ्चालनमा

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे–तातोपानी सडक खण्डको भोटेकोशी नदी लार्चामा ह्युम पाईपद्वारा मोटर बाटो शनिबार देखि पुर्ण रूपमा सञ्चालनमा आएको छ । नेपाली कांँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व स्वास्थ मन्त्री मोहन बहादुर बस्नेतको नेतृत्वमा भोटेकोशी गाउँपालिका, सरकारी निकायहरु, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सिमापार लगायतको पहलमा बाटो सञ्चालनमा आएको हो । ११ र १२ गतेको बर्षको कारण आफ्नो पालिका र राजधानी बिचको सम्पर्क टुटेपछी फोनको सम्पर्क समेत नभइरहेको अबस्थामा खालाको किनारमा आँफै बसेर भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा सहीतको टोलीले रातदिन खटेर अस्थायी रुपमा बाटो सुचारु ग्र्न सफल भएको मा बिशेष धन्यबाद दिदै पुबै मन्त्री बस्नेतले चाडबाडका बेला यातायातका कारण कसैलाई पनि कुनैपनी समस्या नपरोस भन्नुभयो । बाटो सञ्चालनमा आए पछी भोटेकोसी गाँउपालिकाका अध्यक्ष शेर्पाले यस कार्यत्रार्यमा खनु हुने वडा नं २का वडा अध्यक्ष कुमार श्रेष्ठर वडानं २का वडा अध्यक्ष निमा शेर्पा लगाएत सहयोगी सबैलाइ बिशेष धन्यबाद दिनु भएको छ ।