सम्पर्क

तपाई हाम्रो नमुना साना किसान कृषि सहकारी संस्थाको १० औं साधरण सभा सम्पन्न

 

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका – ९ स्थित श्री तपाई हाम्रो नमुना साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नै सहकारीको मोबाइल बैकिङ एप्स श्री तपाई हाम्रो स्मार्ट एप्सको शुभारम्भ गर्दै आफ्नो १०औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
शनिबार बाह्रबिसेमा सम्पन्न भएको साधरण सभाले सहकारी संस्थाको आयव्यय भाबि निती तथा कार्यक्रमहरुको बारेमा छलफल गरि पारित गरेको छ । बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा र उपप्रमुख मन्जु तामाङको बिशेष अतिथ्यतामा भएको साधरण सभामा सहकारीले आफ्नो नियमित बचत कर्ता, असली ऋणी तथा बाल बचतका उत्कृष्ट ब्यक्तिलाई संमान गर्दै एप्स सञ्चालनमा ल्याएको हो । सहकारी संस्थाको अध्यक्ष छत्र थामीको सभापतीत्वमा भएको साधरणा सभाको उद्धघाटन गर्दै नगर प्रमुख बस्नेतले नगर पालिकामा रहेका सहकारीहरु मध्य फरक तरिकाबाट सञ्चालन भएको यो सहकारीले उपलब्धी मुलक काम गरेको बताउँदै अब उत्पादनमुखी काम गर्न नगरपालिकाले यस्ता सहकारीहरुको खोजी गरिरहेको बताउँनु भयो । अब सहकारी संस्था र नगरपालिकाबिचको समन्वयबाट कृषि क्षेत्रमा लगानी गरिने बताउँदै स्थानीय स्तरमा आय–आर्जनमा सहकारी संस्थाले खेलेको महत्वपुर्ण भुमिका प्रती धन्यबाद दिदै कृषी सहकारी संस्थाका लागी आबश्यक सहयोग गर्न पालिका र आफु तैयार रहेको हुँदा पालिकामा आएर सल्लाह सुझाब दिन पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममका बिशेष अतिथी उप प्रमुख मन्जु तामाङले रासयानीक मलदेखी लिएर हरेक कृषी कार्यक्रमका लागी यो सहकारीले खेलेको भुमिकाको प्रशंसा गर्दै नगर पालिकाको उप प्रमुख हँुदाको अबस्थामा कृषी सहकारी संस्थालाई परेको समस्याको समधान गर्न नगरबाट गर्न पर्ने सहयोग गरिरहने र आफ्नो ब्यक्तिगत तर्फबाट पनि हुनसक्ने सहयोगलाई निरन्तरता दिने बताउँनु हँुदै कृषी उत्पादनका लागी अगाडी बढ्न अनुरोध गर्नुभयो । कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष छत्र थामीले सहकारीको सेयर सदस्यको स्वास्थ्य बिमाको कार्यक्रम ल्याइने बताउँनु भयो । संस्थाका सचीव हरिबहादुर रायमाझीले संचालन गर्नुभएको कार्यक्रममा सहकारी संस्थाका प्रतिनिधीहरुले शुभकामाना दिनुभएको थियो ।