नमुना बिश्वकर्मा बाह्रबिसे,
हरेक सवारी चालकले चालक सिटमा बस्नु अघि घरपरिबारलाई सम्झन पर्ने बाह्र्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा प्रहरी चेकपोष्ट खुर्सानीबारीमा शनिबार भएको सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि मापसे तथा लापसे चेकचाँच कार्यक्रम को प्रमुख अतिथीको आशनबाट बोल्दै बस्नेतले उक्त भनाई राख्नुभएको हो । बस्नेतले बिस्तारै गए अबश्य पुगिन्छ हतार गरे भन्न सकिदैन भन्ने भनाईलाई मनन गर्र्दै सवारी साधन चलाउन समेत अनुरोध गर्नुभयो । उहाँले जथाभाबी ओभरटेक गर्ने सवारी साधन चलाउँदा प्रतिस्पर्धा गर्ने मादक पदार्थ सेवन गर्ने , लागुपदार्थ सेवन गर्ने अनी सवारी साधन चलाउँने गर्दा अरु मात्र होइन आफ्नो पनी ज्यान जाने खतरा हुन्छ त्यसैले यस तर्फ सवारी चालकले ध्यान दिन पर्ने कुरामा जोड दिनुभयो । उँहाले मापासे, लापासे तथा बिग्रिएका सवारी साधनका बारेमा थाहा हुन साथ सर्बसाधरणले पनी नजीकको प्रहरीलाइ खबर गरिदिन अनुरोध गर्नुभयो ।
ट्राफिक प्रहरी प्रमुख गोपीराम भण्डारीले चेकजाँचमा एक सय भन्दा बढीलाई चेकजाँच गरेको जानकारी दिनुभयो । सवारी दुर्घटनाको मुख्य कारण लागु पदार्थ सेवन (लापसे) र मापसे रहेको पाईएपछि दुर्घटना न्युनिकरणका लागि दिनहुँजसो चेकजाँचमा समेत कडाइ गरिरहेको भण्डारीले जानकारी दिनुभयो । बढ्दो सवारी दुर्घटना न्यूनीकरण एवम् रोकथामका निमित्त यो अभियान सुरु गरेको भण्डारी बताउनुहुन्छ । ईलाका प्रहरी कार्यलय बाह्रबिसेका प्रमुख प्रहरी निरिक्षक ,शुमेस पाण्डेको बिशेष अतिथ्यतामा भएको उक्त कार्यक्रमममा निजी तथा भाडाका सवारी चालकहरुको मापसे, लापसे परिक्षण गरिएको थियो भने परिक्षण गरिएका सबैको रिपोर्ट राम्रो भएको परिक्षणमा सँलग्न प्राथमिक स्वास्थ्य केन्द्र जलबीरेका ल्याव परिक्षक श्रृजना मैनाली बताउनुहुन्छ ।