सम्पर्क

नेपाली महिला समाज कतारले सम्मान,समिक्षा सगैं सार्वजनिक गर्यो आयब्य 

दर्शन सुनार कतार,

नेपाली महिला समाज कतारले रमाइलो तिज बिशेष कार्यक्रमको समिक्षा सगैं कार्यक्रमको आयब्य समेत सार्वजनिक गरेको छ ।समाजले हरितालिका तिजको पावन अवसर पारेर आयोजना गरिएको ” रमाईलो तिज बिशेष” कार्यक्रमको समिक्षा,सम्मान तथा कार्यक्रमको आयब्य शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार फुलवारी रेष्टुरेन्टको सभाहलमा  सार्वजनिक गरेको हो ।गत ३० अगस्ट २०२४ का दिन अल लक्तामा रहेको रहेको टयुनिसियन स्कुलको सभाहलमा सम्पन्न गरेको नेपाली महिला समाज कतार र एनआरएनए एनसिसी कतार महिला बिभागको समन्वयमा कतारमा स्थापित संघ-संस्थाहरुको संयुक्त आयोजनामा आयोजित “रमाइलो तिज बिशेष कार्यक्रम सचेतना तथा बिविध साँस्कृतिक २०२४” कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्नविभिन्न कोणबाट सहयोग गरिएका र कार्यक्रममा आयोजकका रहेका कतारमा स्थापित ६५ वटा संघ-संस्थाहरुलाई मायाको चिनो र कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका कलाकार र आर्थिक सहयोग गरेका सहयोगी ब्यक्तित्वहरु,र  पत्रकारहरुलाई मायाको चिनो र पारिश्रमिक सहितसहित सम्मान गरेको हो ।गैरआवासिय नेपाली संघको महिला बिभाग र नेपाली महिला समाज कतारको संयुक्त आयोजनामा गरिएको कार्यक्रमको आयब्य एनसिसी कतारका कोषाध्यक्ष बुद्ध पान्डेयले  कार्यक्रमको आयब्य पेश गर्दै ४५ हजार ५ सय ५८ अन्ठाउन्न आम्दानी ३५ हजार ७ सय २० बीस खर्च र ९ हजार ८ सय ३८ अठतीस रियल बचत रहेको बचत रकममा ७ हजार ८ सय ५ रियल रकम उठाउन बाकी रहेको जानकारी दिनु भयो ।नेपाली महिला समाज कतारकी अध्यक्ष लोकमाया केसीको सभापतित्व तथा गैर आवासिय नेपाली संघका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा “सम्मान तथा समिक्षा” कार्यक्रम सम्पन्न भएको हो।प्रमुख अतिथी भट्टले कतारमा स्थापित एक मात्र महिला समाज कतारले एनसिसी सगं समन्वय गरेर नेपाली राजदूतावास कतारलाई समेत समेटेर सम्बन्ध थप प्रगाढ बनेको उनले जिकिर गर्नु भो । उहाँले बिगतका बर्षहरुमा आयोजकमा रहेर रकम उपलब्ध न गराएका कतारका बिभिन्न  संघ-संस्थाहरुलाई रकम चाडै उपलब्ध गराईदिन आवहन गर्दै  कार्यक्रमलाई भब्यता पुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण धन्यवाद समेत प्रकट गर्नु भयो ।एनआरएनए एनसिसी कतार महिला बिभागकी महिला संयोजक शुष्मा कटुवालले स्वागत मन्तव्य राखेको सम्मान कार्यक्रमको सहजीकरण समाजकी महिला सचिब मेनुका खतिवडा भन्डारी ले गर्नु भएको हो । प्रमुख अतिथी केसीले सभापति केसीले पछिल्ला बर्षहरुमा भन्दा यो बर्षको कार्यक्रम अत्यन्तै शान्ती पुर्ण र सहज तरिकाले कार्यक्रम सफलता पुवर्क सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई एक मुष्ठमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।