सम्पर्क

नेपाली राजदूतावास कतारको पहलमा करिब २५० जना नेपाली श्रमिकले म्याद सकिएको राहदानीको  नवीकरण गरे

दर्शन सुनार/ कतार
पछिल्लो केही महिना देखि कतारमा रहेका नेपाली श्रमिकहरुले राहदानी नविकरणको लागि  दूतावासबाट खोलिने “स्लट” न पाएर बढी मात्रामा जनगुनासो आएपछी राहदानी र कतारी आईडीको  पनि म्याद सकिएर समस्यामा परेका नेपालीहरुका लागी राहदानी र स्लटका बिषयमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली राजदूतावास कतार फुलवारि रेष्टुरेन्टको सभाहलमा र नेपाली राजदूतावासको हलमा दुई पटक सम्म छलफलमा बसेको थियो ।२९ सेप्टेम्बर २०२४ आईतवारका दिन नेपाली राजदूतावास कतारले कतारी आईडी तथा राहदानीको म्याद सकिएर राहदानी नविकरणका लागी अन्लाईन नियुक्ति न पाएर समस्यामा परेका नेपाली श्रमिकहरुको लागि एक सुचना जारी गरेको थियो ।  उक्त सुचनालाई सुचिकृत गर्दै शुक्रबारनेपालीराजदूतावासकतरलेदूतावासकाकर्मचारीकोसहयतामाराहदानीकोम्यादसकिएका करिब २५० जना नेपाली श्रमिकहरुले राहदानी नविकरण गरेका छन ।नेपाली राजदूतावास कतारले हप्ताको दुई दिन आईतबार र बुधबार “स्लट” खोलेपनि कतारमा रहेका नेपालीहरुले राहदानीको म्याद सकिनै लाग्दा सम्म अन्लाईन न पाएर धेरै जना नेपाली श्रमिकहरुको राहदानीको म्याद सकिएर समस्या देखा परेको गैरआवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्टले बताउनु भयो । शुक्रबार कतारको अबुहमर स्थित नेपाली राजदूतावासमा बिहानै देखि  नै श्रमिकहरुको बाक्लो भिड लागेको थियो । केही समय त भिड थेग्न समेत हम्मे-हम्मे परेको थियो ।नेपाली दूतावासमा राहदानी नविकरणको लागि आएका नेपाली श्रमिकहरुलाई पासपोर्ट नविकरणको फाराम भर्नको लागी गैरआवासिय नेपाली संघका सचिव सन्तोष क्षेत्री,पत्रकार महासंघ कतारका अध्यक्ष दिल कुमार श्रेष्ठ, प्रवासी भुजेल समाज कतारका अध्यक्ष बिकास भुजेल र पत्रकार तिलु शर्मा पौडेलले सहजीकरण समेत गरिदिनु भएको थियो ।पासपोर्टको फर्म भरेर बाहिर निस्किएका श्रमिकहरुले खुसी हुँदै नेपाली राजदूतावास कतारलाई धन्यवाद समेत व्यक्त गर्नु भयो।राहदानीको म्याद सकिएका नेपाली श्रमिकहरुको लागि नेपाली राजदूतावास कतारले अत्यन्तै सराहनीय र श्रमिकमुखी कार्य गरेको बताउदैदूतावासमा उपस्थित भएका नेपाली समुदायका प्रमुखहरुले दूतावास परिवारलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो। अन्लाईन स्लट नपाएरराहदानीको म्याद सकिएका बाकी श्रमिकहरुको दशै पछि लगत्तै पुन: सुचना जारी गरेर निरन्तरता दिने दूतावास परिवारले बताएको छ ।