दर्शन सुनार कतार,
सर्लाही प्रवासी सेवा समाज कतारले आगामी शुक्रबार “११ औ अधिवेशन गर्ने भएको छ ।
“सर्लाही प्रवासीहरुको चाहाना,सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मुल नाराका साथ अधिवेशन सगै “१६ औ स्थापना दिवसको साथमा वडा दशै तिहार र छठ पर्वको शुभकामना आदान-प्रदान सहित विविध साँस्कृतिक कार्यक्रम हुने भएको हो ।बैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका सर्लाही बासीहरुलाई समाजमा जोडिन आग्रह गर्दै
“एघारौं अधिबेशन तथा “१६ औ स्थापना दिवस र बिविध साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष प्रकाश आले मगरले जानकारी दिनु भयो ।ग्रान्ड मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा बिहान ११:३० बजे देखि कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको छ । कतारमा स्थापित विभिन्न संघ संस्था, बुद्धिजीवी व्यावसायी, सामाजिक अभियान्ता कलाकार,पत्रकार लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थिति को लागी सर्लाही प्रवासी समाज कतारले हार्दिक अनुरोध समेत गरेको छ ।