सम्पर्क

श्रीधरको लोकार्पण

असोज १९ गते शनिबार अमेरिका, पेन्सिलभेनियाको ह्यारिस्वर्गमा अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजद्वारा सो कार्यक्रम गरिएको थियो । जसमा नेपाली साहित्यको संरक्षण, प्रवर्द्धन, र समृद्धिमा समर्पित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम त्रिवेणी साहित्य मंचका संस्थापक अध्यक्ष, नेपाली शिक्षा कार्यक्रम ह्यारिस्वर्गका निर्देशक नवीन शर्मा भट्टराइले गर्नु भएको थियो भने कार्यक्रम संयोजन भरत के० श्रेष्ठले गर्नु भएको थियो।

कार्यक्रममा सभाध्यक्ष दिपकजङ्ग विश्वकर्मा र प्रमुख अतिथि सीता पाण्डेलगायत , कृतिकार र चूडामणि भट्टराईँ , अर्चना शर्मा , प्रेम , तिलक , केशव , हस्त , भक्त , अभिषेक , विनय , विष्णुले लघुकथा गान बजाएर कृतिको सामूहिक विमोचन गर्नु भयो ।

दिव्या घिमिरे र आयुशा चापागाईँले स्वागत नृत्य प्रस्तुत गरेका थिए । विमोचित कृतिमाथि भक्त घिमिरे र बिष्णु लुईँटेलले संरचनाको दृष्टिकोणबाट समीक्षा गर्नुभयो ।
कार्यक्रममा त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशब बैरागी माइलो, विश्व भुटानी साहित्य सङ्गठनका उपाध्यक्ष आभाष रिखाम मगर, हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष प्रेम खनाल, भुटानी समाज ह्यारिस्वर्गका अध्यक्ष तिलक निरौला, पेन्सलभेनिया नेपाली समाज अध्यक्ष अर्चना शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो भने नेपाल संस्कृत विश्वविद्यालय दाङका उपकुलपति प्रा डा भीम खतिवडा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्लेले पठाउनु भएको भिडिओ रेकर्डिङ शुभकामना सन्देश सुनाइएको थियो ।

विमोचित कृतिबाट बसुधा रिजाल, भरत तिमल्सिना, पातलो अन्तरे, बिष्णु निरौला, तारा पराजुलीले लघुकथा वाचन गर्नुभयो । कृतिकारले लेखक अतिथिको रुपमा धन्यवाद मन्तव्य राख्नु भयो ।
कार्यक्रमको अन्त्यमा जलपान र सामूहिक तस्वीरसँगै सभापति विश्वकर्माले कार्यक्रमको समापन गर्नुभयो ।