गृहमन्त्री माननीय रमेश लेखकले बिपद कतिखेर आउँछ थाहा हुँदैन, बिपदबाट पर्न सक्ने असरलाई रोकथाम गर्न र कुनै ठाउँमा परेको बिपदका कारण समस्यामा परेकालाई तत्काल उद्धार गरि राहतमा ढिलाई नगर्न मातहतकालाई निर्देशन दिनुभएको छ । सिन्धुपाल्चोकको बाढि प्रभावित क्षेत्रको अवस्थामा बारेमा जानकारी लिन सिन्धुपाल्चोक आइपुग्नु भएका मन्त्री लेखकले जिल्ला बिपद व्यवस्थापन समितीको बैठकलाई सम्बोधन गर्देै यस्तो बताउँनु भएको हो । मन्त्री लेखकले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई मात्र बिपद ग्रस्त पालिका घोषणा भएको भएपनि अरु गाउँपालिकाहरुमा पनि बिपदका कारण धेरै क्षती भएकाले अरु पालिकालाई पनि सिफरिस भई आए अनुसार घोषणा गर्ने प्रकृया अगाडी बढाउँने बताउँनु भयो । गृहमन्त्री लेखकले सरकार नागरिकको अभिभावक पनि भएकाले सोहीअनुसार अभिभावकत्व निर्वाह गर्न प्रतिबद्ध रहेको हुँदा “पुनः निर्माण र पुनः स्थापनाका लागि सरकारले छिट्टै व्यवस्था गर्ने बताउँनु भयो ।
बैठकमा उहाँले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा बेलिब्रिजको व्यवस्थापन सकभर चाँडो गर्ने आश्वासन समेत दिनुभएको छ । उहाँले जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रजिअ थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान, क्षतिको विवरण तत्काल पठाउन निर्देशन सिमेत दिनुभयो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भारतबाट २० वटा बेलिब्रिज ल्याउन लागेकाले तातोपानीमा छिटो बेलिब्रिज ल्याउने सरकारको योजना रहेको बताउनुभयो । त्यसैगरी रक्षामन्त्री मानवीर राइले नागरिकको हरेक सङ्कटसँग जुधेर नागरिकको समस्या समधान गर्न नेपाली सेनाले खेलेको भुमिकाको प्रशंसा गर्नुहुँदै बिपदमा सेनाले खटेका कामहरुको बारेमा जानकारी गराउँनु भयो । बैठकमा माननीय मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकको बिपदका समयमा आफुहरुले गरेका कामका बारेमा जानकारी दिनु हँुदै तत्काल हरेक संरचना पुननिर्माणमा जोड दिनुपर्ने बताउँनु भयो । उहाँले तातोपानी राजमार्ग सुचारु नहँुदा राज्यलाई आउँने राजस्वमा कमी आउँने हुँदा अरबौं घाटा परेकोले तत्काल यसको व्यवस्थापन गर्न पर्नेमा जोड दिनुभयो । यसैगरी मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची बजारलाई पुरानै अबस्थामा ल्याउँन मेलम्ची फटे दुवाचौउर जाने बाटोमा र हेलम्बु चनौटे रातोपुल जस्ता सडकहरुमा बेलीब्रीजको ब्यवस्था गर्न ध्यानकर्षण गराउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाले हरेक बिपदमा हुने गरेको क्षतीबाट राज्यलाई ठुलो असर परेको र स्थानीय सरकारले सकेसम्म बिपद व्यवस्थापनमा लागी परेको बताउँनु भयो ।

कार्यक्रममा पुर्ब माननीय सुभास कर्मचारी, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोबिन्द पराजुली नेपाली काँगे्रसका जिल्ला सभापती जंग बहादुर तामाङ चौतारा साँगाचोकगढी नगरपालिकाका चिरन कटेल लगाएतले बिपदका बारेमा जानकारी गराउँनु भएको थियो । प्रमुख जिल्ला अधिकारी किरण थापाले सिन्धुपाल्चोकमा भए गरेका बारेमा जानकारी गराउँनु भएको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बिपद उद्धारमा गरेका कार्यहरुका बारेमा प्रकाश पार्नु भएको थियो । बैठकमा पुर्ब मन्त्री गोकुल बास्कोटा,उदय शम्सेर राणा प्रभान सेनापती अशोक राज सिग्देल लगाएतका टोलीहरु उपस्थित रहाु भएको थियो । चौतारामा जिल्लको सबै स्थानको वस्तु स्थिती का बारेमा जानकारी लिनु भइ सबै भन्दा बढी क्षती भएको स्थान भोटेकोशीमा समेत उँहाहरुले अबलोकन गरी राजधानी फर्कनु भएको हो ।
