सम्पर्क

लार्चा र लिपिङ खोलामा बेली ब्रिच निर्माण हुने बस्नेतलाइ शेर्पाको धन्यबाद

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतको आग्रह अनुसार चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिट्टै बेली ब्रिच निर्माण हुने भएको छ।हालैको बाढीबाट क्षति भएको भौतिक पूर्वाधारको निरीक्षण गर्न मंगलबार सिन्धुपाल्चोक आउनु भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिनुभएको हो। उहाँले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताउनुभयो।“सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो ।” उहाँले भन्नुभयो।
सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघीय सरकारका तीन मन्त्री मंगलबार सदरमुकाम चौतारा पुग्नुभएको थियो । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पु¥याएको क्षतिबारे छलफल भएको थियो ।मन्त्रीहरू सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रको अवलोकन गरेर चौतारा पुग्नुभएको थियोे ।मन्त्रीहरूले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयवासीसँग छलफल गर्नुभएको थियो ।सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिनुभएको छ। उहाँले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिनुभयो ।सिन्धुपाल्चोकमा बर्सेनि प्राकृतिक विपद्ले क्षति पु¥याउने गरेको छ । यसपटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छपूर्वमन्त्री बस्नेतले असोज ११ र १२ गते आएको अविरल वर्षा संगैको बाढी पहिरोको कारणले सिन्धुपाल्चोक जिल्लाको लार्चा र लिपिङ्ग दुवै ठाउँमा रहेको मोटरेबल पुल भोटेकोसी नदिले बगाउँदा जनजीवन प्रभावित हुनुका साथै चीन जोड्ने नाकाबन्द हुँदा मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको बताउनुभयो ।“मेरो आग्रह बमोजिम भोटेकोसी गाउँपालिकाको नेतृत्वमा लार्चा खोलामा अस्थायी पुल निर्माण गरि सकिएको छ भने लिपिङ्ग खोलामा अस्थायी पुल निर्माणको लागि सम्भावना नभएकोले यथाशीघ्र बेलिबृज निर्माण गर्नुपर्ने अवस्था रहेको छ । यथाशीघ्र बेलिबृज निर्माणको लागि म स्वयंले आवश्यक प्रक्रिया अगाडी बढाउनको लागि सम्बन्धित निकायहरूलाई अवगत गराएको थिए सोही बमोजिम मिति २०८१ आश्विन २२ गते सडक विभागले सडक डिभिजन कार्यालय चरिकोटलाई बेलिबृज उपलब्ध गराउनको निमित्त निर्देशन सहित आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।” उहाँले भन्नुभयो ।उहाँले बाढिपहिरोको कारणबाट अस्तव्यस्त यस अवस्थामा महत्त्वपूर्ण कार्यको थालनीको निमित्त सडक विभाग, सडक डिभिजन कार्यालय चरिकोट लगायत सम्बन्धित सबै सरकारी निकायहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु भन्नुभयो । उहाँले यथाशीघ्र पुल निर्माणको लागि आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकाको लागि सदा झैं तत्पर रहेको बताउनुभएको छ। यसै गरी भोटेकोसी गाँउपालिकाका अध्यक्ष नुर्पु शेर्पाले सामाजिक सञ्जाल मार्फत बेली ब्रिज जडानको लागि भनेर विभिन्न सामाजिक सञ्जालहरूमा फोटो खिच्दै फेसबुक वालहरू भरिएको अवस्थामा देखियो। कृपया भ्रममा नपर्नु हुन र स्ट्यानबाजीहरूको पछाडि नलागिदिनुहुन हार्दिक अनुरोध गर्दछु। भन्नु भएको छ उँहाले वास्तविक कुरा गृहमन्त्री भौतिक पूर्वाधार मन्त्री माननीय रक्षामन्त्री पूर्व मन्त्रीहरु माननीय मोहन बहादुर बस्नेत गोकुल बास्कोटा नेपाली सेनाको प्रधान सेनापति लगायतले घटनास्थल क्षेत्रमा अवलोकन गरी तत्काल दुईवटा बेली ब्रिज उपलब्ध गराउने प्रतिबद्ध जाहेर गर्नुभयो। र मैले सम्पूर्ण स्थानीयवासी र भोटेकोशीको जनप्रतिनिधिको तर्फबाट जति सक्दो चाँडो बेली ब्रिज जडान गर्नुको लागि नेपाली सेना मार्फत जानुपर्ने अनुरोध गरे र यो हाम्रो अनुरोधलाई सहर्ष स्वीकार गरेर माननीय गृहमन्त्रीर माननीय भौतिक पूर्वाधार मन्त्रीले आजैबाट यस कार्यलाई अगाडि बढाएको जानकारी गराउनुभएको छ। यस कार्यको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा सिन्धुपाल्चोक जिल्लाको अभिभावक पूर्व स्वास्थ्यमन्त्री आदरणीय मोहनबहादुर बस्नेत लाई सम्पूर्ण भोटेकोसी गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु भन्नु भएको छ ।