भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धीअख्तियार दुरुपयोग अनुशन्धान आयोगकोअन्तरक्रियागोष्ठी
सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम चौतारामा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया÷गोष्ठी कार्यक्रम भएको छ ।जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा जिल्ला स्थित १२वटै पालिकाका प्रमुख उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख योजना प्रमुख हरु जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख हरु बिच उक्त अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागीहरुले अख्तियार दुरुपयोग अनुशन्धान आयोगको काम कार्यहरुका बारेमा जानकारी लिनुका साथै आयोगको भुमिकाका बारेमा समेत जानकारी लिएका थिए । कार्यक्रमका प्रमुख अतिथी जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले सिन्धुपाल्चोक जिल्लामा आएर अख्तियार दुरुपयोग अनुशन्धान आयोगले जिल्ला स्थित जिम्मेवार निकाय जिल्ला सम्मन्वय समितीका पदाधिकारीत...

