सम्पर्क

“अपाङ्गता सम्बन्धी नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण” विषयक एक दिने अभिमुखीकरण मेलम्चीमा

 

टुकी संघ सुनकोशीको आयोजनामा “अपाङ्गता सम्बन्धी नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण” विषयक एक दिने अभिमुखीकरण कार्यशाला कार्यक्रम मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्यूको प्रमुख आतिथ्यतामा विहिबार मेलम्चीमा सम्पन्न भयो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख तामाङले अपाङ्गता भएका व्यक्तिहरूप्रति राज्य तथा निजी क्षेत्रको उत्तरदायित्व सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अपाङ्गता भएका नागरिकहरूको पहुँच अधिकार, नीतिगत समावेशिता र आर्थिक अवसरको सुनिश्चितता स्थानीय सरकार तथा सेवा प्रदायकहरूको प्राथमिकता रहनुपर्नेमा जोडदिनु भयो । साथै यस किसिमको अभिमुखीकरणले सबैलाई संवेदनशील बनाउने समेत विश्वास ब्यक्त गर्नु भयो।कार्यक्रममा उपप्रमुख उमा प्रधान, सार्वजनिक तथा निजी सेवा प्रदायक निकायका प्रतिनिधिहरू, सरोकारवालाहरू र अपाङ्गता अधिकारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रम सेवा प्रदायकहरूलाई अपाङ्गता सम्बन्धी कानुनी, नीतिगत व्यवस्था र व्यवहारिक कार्यान्वयनका पक्षमा जागरूक बनाउनु रहेको आयोजकले जनाएका छन्।