पुर्ब राष्ट पती बिद्यादेबी भण्डारीले आफु लाइ राजनीतीमा प्रबेश गर्न कसैले रोक्न नसक्ने बताउँनु भएको छ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी पुर्ब राष्ट्र्पतीको सदस्यता नवीकरण नगर्ने निर्णय गरे पछी पूर्वराष्ट्रपति विद्या भण्डारीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्नु भएको हो । एमालेको पूर्वउपाध्यक्षको रुपमा पत्रकार सम्मेलन गर्दै भण्डारीले संविधान र कानुनले आफूलाई राजनीतिक दलमा आबद्ध हुन कतैबाट नरोकेको जिकिर स्पष्ट पार्नु भयो ।
आफ्नो सदस्यता नवीकरण नगर्ने एमाले नेतृत्वको निर्णयलाई चुनौति दिँदै उक्त निर्णय अपरिपक्व र अवैध रहेको बबताउँनु भयो । राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकाले कुनै पदप्रति आफूमा लालसा, महत्वाकाङ्क्षा र आशक्ति नरहेको बताउँनु हँुदै ‘नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन । यो घामजत्तिकै छर्लंग भएको विषय हो,’ पत्रकार सम्मेलनमा भण्डारीले बताउँनु भयो ।
