सम्पर्क

साङ्गीतिक प्रस्तुतिका लागी गुल्मीका दोहोरी गायक बाबुराम पन्थी कतारमा 

दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
गुल्मीका दोहोरी गायक बाबुराम पन्थी कतार आई पुगेका छन् । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारको ११औँ राष्ट्रिय एकता महाधिवेशनमा आफ्नो साङ्गीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार पन्थी बिहीबार राती कतार आई पुगेका हुन ।

नेपालबाट आमन्त्रित अतिथि कलाकार पन्थीलाई भव्य स्वागत गर्नको गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक बुद्ध पाण्डेय,शनि कुमार ओली लगायत अन्य व्यक्तित्वहरू हमद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेका थिए । आफ्नो प्रस्तुति दिन कतार पुगेका पन्थीले कार्यक्रममा  दोहावासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागी हार्दिक अनुरोध समेत गर्नुभएको छ ।

दोहाको मुटुमा रहेको क्राउन प्लाजा होटेलको सभा हलमा दिउँसो १ बजे देखि सुचारु हुने कार्य तालिका रहेको छ । गैर आवासीय नेपाली सङ्घ एनआरएनए एनसिसी कतारले कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,एनआरएनए अभियान्ता, सामाजिक व्यक्तित्व,तथा पत्रकारहरूलाई उपस्थितिको लागी अनुरोध समेत गरेको छ ।