प्रेस स्वतन्त्रता दिवशमा काठमाण्डौ शाखाद्धारा प्रभातफेरी
३२ औ अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवश नेपाल नेपाल पत्रकार महासंघको आयोजना तथा जिल्ला शाखा काठमाण्डौका संयोजनमा रत्नपार्कबाट प्रभात फेरी गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख अतिथ्यतामा र जिल्ला शाखा काठमाण्डोैका अध्यक्ष शोभा अर्यालको सभापतीत्वमा रत्नपार्कबाट प्रभात फेरी गरी भृकुटी मण्डपमा रहेको जिल्ला शाखाको कार्यलयमा पुगेर कोण सभामा परिणत गरी मनाइएको छ ।
कोण सभामा आफ्नो धरणा राख्दै केन्द्रय अध्यक्ष शर्माले बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना२०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा भएका ७३ वटा घटनामा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेको बताउँन्ु भयो । उँहाले चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, सञ्चारमाध्यममाथि आगजनी र आक्रमण, शिक्षक आन्दोलनमा समाचार सङ्कलनका क्रममा पत्रकार...

