सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्थित बाह्रबिसे बजार र खोर्सानी वारि जोडने पक्की पुल “टिफर पार्किङ बनेको छ । २०७५ साउन ३० गते साधी खोल्चामा आएको बाढीको कारण क्षेती भइ निर्माणधित पक्की पुलमा हिजो आज माल बाहक गाडी र टिफर पार्किङको लागि सजिलो भएको छ। २०७५ साउन ३० गते पुर्ण रुपमा साधी खोल्चाले बगाएको पक्की पुल पुन निर्माणका लागि विभिन्न नेताहरुले बचन बद्धता गरे पनि बल्ल तल्ल पुल बगाएको ३÷४ बर्ष पछि पुन निर्माणको प्रयास गरिएको थियो ।पुन निर्माण गर्दै गर्दा पटक पटक प्राबिधिक त्रुटिका कारण निर्माण स्थागित हुँदै अगाडि बढेको निर्माण कार्य केही बर्ष देखि पुर्ण रुपमा निर्माण नहुदै रोकिएको छ ।
क्षेती भएको पुल अरनिको राजमार्ग अन्तर्गत ११४ कि . मि सडक बाह्रबिसे देखि तातोपानी नेपालको सिमा सम्म आवत जावत गर्नका लागि अति आवश्यक पुल हो । बर्षादको समयमा बाह्रबिसेको माथीलो पुल भाग ओखरिनि देखि पानी आउने भएको हुदा सडक यात्रिलाइ अति समस्या हुने स्थानीयहरुले बताएका छन । विगत ७ बर्ष देखि उक्त पुल हुँदै जाने आउने मानिसहरु र यातायातका साधनहरु जसो तसो साधी खोल्चा बाट आवत जावत भइरहेको देखिन्छ।हाल उक्त साधि खोल्चा निर्माणधिन पक्की पुलमा माल बाहक गाडी र टिफर पार्किङ भइरहेको देखिन्छ।साधी खोल्चा पुल कहिले सम्म निर्माण सम्पन्न हुन्छ र सवारी साधनहरुहरु र मानिसहरु आवत जावत गर्न सजिलो हुन्छ भन्ने बारेमा कनै निकायबाट पनी कुरा नआउँदा यो अब पार्कीङ्ग मै सिमित हुने होकी भन्ने प्रश्न उठेको छ ।
