सम्पर्क

इकु पहिरोमा सडकको ट्याक खुल्दा आशीक रुपमा यातायात सन्चालन

सिन्धुपाल्चोक जिल्लाको कोदारी स्थित इकु पहिरोमा आज बेलुकाबाट सामन्य रुपमा यातायातका साधनहरु सन्चालनमा आएको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुदाराज बस्नेतले दिनु भएको जानकारी अनुसार आज साँझ देखी केही सवारी साधन स१ञ्चालनमा आएको भएता पनी रात परेका कारण माल बाहक टेलर हरुलाइ सञ्चालन गर्न नदीएको र भोलिबाट थप मर्मत गरि सडक संचालन हुने र चिनियाँ भुभागमा रोकिएको करिब ६०० वटा माल बाहक कन्टेनर टेलर नेपाली भन्सार सम्म ल्याउन सकिने भएको छ । बिगत १८÷१९ दिन देखि इकु पहिरोको कारण बन्द रहेको सडक खुलाउन हिजो देखि ट्याक खुले पनि आज साझ बाट सन्चालनमा आएको होसडक बन्द भए देखि नै अध्यक्ष बस्नेत लागि पर्नु भएको थियो। भने हिजो ट्याक खुलाउन सफल भएको थियो। सडक खुलाउन सडक डिभिजनले कार्यलय चरिकोट लगाएत सरोकारवाला निकायको सहयोग समन्वय रहेको थियो । इकु पहिरोले चिनिया सामान तातो पानी भन्सार सम्मा ल्याउन नसक्दा नेपाल सरकारको राजस्वमा समेत असर परेको अध्यक्ष बस्नेतले बताउनु भयो ।