विदुर आचार्य, चौतारा, भदौ ४ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाटी नेतृत्वको सशक्तता र गतिशीलता अरु दलहरुभन्दा अब्बल रहेको दाबी गर्नुभएको छ ।
एमाले सिन्धुपाल्चोकको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै महासचिव पोखरेलले पाटीको नेतृत्व विगतदेखि वर्तमानसम्म चलायमान, सबल र परिणाममुखी रहँदै आएको स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले बहुदलीय व्यवस्था स्थापनापछि कांग्रेस र माओवादी केन्द्रमा नेतृत्वको सीमितता रहेको उल्लेख गर्दै एमालेमा पाँच जना नेताले पार्टीको नेतृत्व गरिसकेको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेलाई नेतृत्वको गतिशीलताको पाठ अरु कसैले सिकाउन आवश्यक छैन । हामीकहाँ नेतृत्वको निरन्तरता र नवप्रवेश दुवै छ ।’ दसौं महाधिवेशनले ७० वर्षे उमेरहदलाई हटाएर नयाँ नेतृत्वयोग्य नेतालाई अग्रसर गराउने वातावरण तयार गरेको उल्लेख गर्दै पाटीको भविष्य अझ सशक्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । महासचिव पोखरेलले माओवादी केन्द्रलाई पञ्चायती अवशेषको रुपमा उल्लेख गर्दै अब त्यसलाई पनि परास्त गर्नुपर्ने धारणा राख्नुभयो । पस्किर हत्याकाण्डको स्मरण गर्दै त्यस्ता पञ्चायत शैलीलाई परास्त गर्न सिन्धुपाल्चोक सक्षम रहेको समेत बताउनुभयो । उहाँले कांग्रेसमा पञ्चायतपछि चारजनाले नेतृत्व गरेको र माओवादीमा एकल निर्णय प्रणालीले पाटीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाउनुभयो । पूर्वराष्ट्रपति पुन राजनीतिमा फर्कने विषयलाई समेट्दै पोखरेलले त्यो असान्दर्भिक र अस्वाभाविक कदम भएको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रको अभिभावकको भूमिकामा रहिसकेकाहरु पुनः दलगत राजनीतिमा सक्रिय हुनु उचित नहुने धारणा राख्नुभयो । ७४५ भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागितामा सम्पन्न भएको उक्त बैठकले १० बुँदे ‘मेलम्ची घोषणापत्र’ जारी गरेको छ । घोषणापत्रमा पार्टी नेतृत्वप्रति पूर्ण विश्वास व्यक्त गर्दै ‘मिशन ८४’ अन्तर्गत सिन्धुपाल्चोकका सबै तहमा एमालेको विजय सुनिश्चित गर्न कार्यकर्ताहरुलाई दृढता साथ लाग्न आग्रह गरिएको छ ।
घोषणापत्रमा कोदारी नाका पुन सञ्चालन, अरनिको राजमार्गको स्तरोन्नति, मेलम्ची र इन्द्रावती नदीको बाढीले क्षति पु¥याएका संरचनाको पुनर्निर्माण, गुठी समस्या समाधान, रोजगार सिर्जना, विद्युत् उत्पादन र जिल्लावासीमा उपभोगमा सहजता, मेलम्ची खानेपानी लेवी निर्धारण, प्रशासनिक सेवा विस्तार लगायतका विषयमा सरकारसँग विशेष माग प्रस्तुत गरिएको छ । बैठक नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्य सरेश नेपाल, सुभाष कर्माचार्य दावा तामाङलगायतको सहभागिता थियो । बैठकपछि पार्टीको सांगठनिक सुदृढीकरण र आगामी निर्वाचन तयारीलागि महत्वपूर्ण रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।