कबिता, अभागी जिन्दगी
अभागी जिन्दगी हो यो मानीसको जिन्दगी सबैलाइ थाहै छ अभागी जिन्दगी
,जसलाइ सहयोग गरे पनी अपजसको भारी आएको आएकै छ अभागी जिन्दगी
हो नी कारोबारै नगरु भने भगवानरुपी यो मनले मान्दै मान्दैन अभागी जिन्दगी
दुख पर्यो भनी आउँछन सहयोग गर्नै पर्यो गरे पछी भेट्नै मान्दैन अभागी जिन्दगी
खाडीमुलुकमा गए तातोघाममा सेकीएर ज्याला गरी कमाइ ल्याए अभागी जिन्दगी
आफु र आफन्तलाइ दुख पर्यो सहयोग गरे अहीले त पुरस्कार पाए अभागी जिन्दगी
आफ्नै घर परिबार जिबन सङ्गीनी पनी पैसा नकमाए सारै रिसाउँछन अभागी जिन्दगी
त्यसैले होला जन्म भुमी छोडेर खाडीमुलुकमा ज्यान माँया मारेर बिदेसिन्छन अभागी जिन्दगी ,
दुख गरेर कामएको सम्पती भएपो माँया लाग्छ गफ गरेर ल्याएको सम्पतीमा
किन फिर्ता गर्नु अब बरु भेटघाट नै बन्द गरौ भन्ने सल्लाह हुन्छ तिम्रो दम्पतीमा
ए दाजु भाइ इष्ट मित्र आफ्नो सँस्या जस्तै समस्या अरुको पनी हुन्छ भन्ने सोच्ने गरौ...








