सम्पर्क

विचार

कोदारी राजमार्गमा पहीरो सडक आबतजबावत बन्द

कोदारी राजमार्गमा पहीरो सडक आबतजबावत बन्द

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीगाउँपालिका वडा नं २कोदारीमा पहिरोगएको कारण तातेपानी कोदारी राजमार्गमा सबारी साधानहरु आबत जाबतका लागी लागी बन्द भएको छ ।अरनिको राजमार्गमा हिजो र आज बिहान भएको बर्षादको कारण अंन्दाजी .२० मिटर लम्बाई बाटो छेउबाटपहिरो गई बाटो भासीन गएको कारण गाडि आवतजावको लागी बाटो अबरोध भएको इलाका प्रहरी कार्यलयका पहरी .निरिक्षक जगत ब.राईले जानकारी दिनु भएको छ । उँहाका अनुसार बाटो खुलाउँने प्रयास भइरहेको र मौषम सफारहेको अबस्थामा आजै साँझ सम्ममा बाटो खुल्ने भएको छ ।...
ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, १४ चैतः गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताउनुभएको छ । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पार्नुभयो । “कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो”, मन्त्री गुरुङले फेसबुकमा लेख्नुभएको छ । उहाँले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्या...
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, १४ चैत : गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो । मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गर्नुभएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गर्नुभएको छ । रासस...
नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार
काठमाडौँ, १३ चैतः नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रुपमा राष्ट्रपति पौडेलले केहीबेरमा शाहलाई पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ । नवनियुक्त प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएको थियो । उहाँले त्यस निर्वाचनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गर्नुभयो । नवनियुक्त प्रधानमन्त्री शाह आयुर्वेदिक चिकित्सक डा रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म विसं २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो । उहाँको पुख्र्यौली घर महोत्त...
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १३ चैतः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाहलाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले आजै बिहान नेपालको संविधानको धारा, ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा...
चौतारा अस्पतालले पायो ९६ अङ्क देसकै  पहीलो स्थान पाउँने सम्भावाना

चौतारा अस्पतालले पायो ९६ अङ्क देसकै पहीलो स्थान पाउँने सम्भावाना

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल मा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले गत चैत ८ र ९ गते गरेको अनुगमनमा अस्पतालले ९६ अंक प्राप्त गर्दै अहीले सम्मको अनुगमनमा देसकै  पहिलो स्थान हासिल गरेको जनाएको छ । अस्पताल ब्यवस्थापन समितीको व्यवस्थित व्यवस्थापन प्रशासनको लगनसिलता तथा स्तरिय सेवा प्रदानका कारण यो ९६ अङ्क ल्याउँन सफल भएको हो । अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष केशब राज गिरीका अनुसार अनुगमनमा अस्पतालबाट प्रदान गरिएका सेवाहरु बिबरण तथा व्यवस्थापन सरसफाइ तथा उपलब्ध सेवाग्रहकिो व्यवस्थापन लगाएतका बारेमा जानकारी लिनुका साथै प्रत्यक्ष अनुगमन समेत गरिएको थियो । यस अघी चौतारा अस्पताल बागमती प्रदेशको पहिलो तथा देशभरि दोस्रो स्थानमा रहिसकेको थियो भने यस बर्ष पहीलो स्थान ओगट्न सक्ने सम्भावना रहेको छ । मिति २०८२ चैत्र ८ गते देखि १० गते सम्म (३ दिन) भएको च...
‘स्वस्थ शहर’ मा मेलम्ची छनौट घोषणा हुन बाँकी नगर प्मुख तामागंद्धारा खुशी व्यक्त

‘स्वस्थ शहर’ मा मेलम्ची छनौट घोषणा हुन बाँकी नगर प्मुख तामागंद्धारा खुशी व्यक्त

खानेपानी, खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लको मेलम्ची नगरपालिकालाइ ‘स्वस्थ शहर’ का रूपमा छनोट गरिएको छ घोषणा। बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा ‘एक जिल्ला एक स्वस्थ शहर’ घोषणा गर्ने तयारी गरेको र सिनधुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका पनी सोही अनुसार स्वस्थ शहरको रुपमा छनौट भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न जिल्ला स्तरीय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा मेलम्ची नगरपालिकालाइ स्वस्थ शहरको रुपमा घोषणा गर्न लागीएको जानकारी दिइएको हो।बागमती प्रदेशका १३ जिल्लामध्ये प्रत्येक जिल्लाबाट एक–एक स्थानीय तह छनोट गर्ने योजना अनुसार सिन्धुपाल्चोकबाट मेलम्ची नगरपालिका चयन गरिएको हो। कार्यक्रम जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा चौतारास्थित सभाहलमा सम्पन्न भएको थियो।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला समन्वय समिति उपप्रम...
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
काठमाडौँ, ११ चैतः प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा कार्यभार सुरु गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज पद तथा गोपनियताको शपथ लिनुभएको थियो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाउनुभएको हो । ज्येष्ठ सदस्य केसीलाई संसद् सचिवालयका उच्च अधिकारीहरुले स्वागत गर्नुभएको थियो । संसद् सचिवालयले भोलि बिहीबार ज्येष्ठ सदस्य केसीबाट प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ जना सदस्यलाई शपथ गराउनुहुने कार्यक्रम तय गरेको छ । नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठकको अध्यक्षता गर्नुहुनेछ ।रासस...
सिन्धुपाल्चाेकमा ‘एक जिल्ला एक स्वस्थ शहर’ सम्बन्धि अभिमुखीकरण कार्यक्रम

सिन्धुपाल्चाेकमा ‘एक जिल्ला एक स्वस्थ शहर’ सम्बन्धि अभिमुखीकरण कार्यक्रम

अन्तर्वाता, कृषि, खानेपानी, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर' सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा 'एक जिल्ला एक स्वस्थ शहर कार्यक्रम' जिल्ला स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रममा साेमबार सम्पन्न भएकाे हाे ।बागमतीको १३ जिल्लाका १३ स्थानीय तह अन्तर्गत 'एक जिल्ला एक स्वस्थ शहर' मा सिन्धुपाल्चाेकमा मेलम्ची नगरपालिका छनौट भएकाे हो ।जिल्ला समन्वय समिति सिन्धुपाल्चाेकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा जिल्ला समन्वय समिति, चौताराकाे सभाहलमा कार्यक्रम भएकाे हाे । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिसस उपप्रमुख पदमनाथ नेपाल, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी, who बागमती प्रदेशका प्रतिनिधिलगायत सहभागी कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले कार्यक्रमबारे जानकारी गराउनुभएकाे थियाे ।यस्तै ...

जेन्जी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा सरकार

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
जेन्जी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आलोचना बढिरहेको बेला सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की यस विषयमा केही वरिष्ठ मन्त्रीहरुसँग आन्तरिक छलफलमा जुटेकी छन् । प्रतिवेदन चाँडै सार्वजनिक गर्ने बारे कुराकानी भइरहेको भएपनि मिति भने अझै टुंगो लागिसकेको छैन । गत भदौ २३ र २४ गते भएको जेन्जी युवाहरुको आन्दोलनका घटनाबारे अध्ययन गर्न गौरीबहादुर कार्कीका नेतृत्वमा आयोग गठन गरिएको थियो । सो आयोगले फागुन २४ गते नै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । यद्यपि, गृहमन्त्री ओमप्रकाश अर्यालले चाँडै सार्वजनिक गर्न बताएका थिए, तर हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन । यता, आन्दोलनका अगुवा र विभिन्न समूहरुले प्रतिवेदन सार्वजनिक गर्न दबाब दिइरहेका छन् । माइतीघर क्षेत्रमा दैनिकजसो प्रदर्शन समेत भईरहेको छ । उक्त प्रतिवेदनमा आन्द...