सम्पर्क

कृषि

किसानलाई धान भित्र्याउने चटारो

कृषि, ब्रेकिङ न्युज १, समाचार
चाडबाड सकिए लगत्तै जिल्लाभरका कृषकलाई धान भित्राउने चटारो परेको छ । खेतमा धान पाकेर पहेंलपुर भएपछि नगर क्षेत्र र दुर्गम गाउँका किसानलाई धान भित्र्याउने हतारो भएको हो । यस्तै सिन्धुपाल्चोकका किसानलाई यतिबेला किसानलाई मंसिरे धान भित्र्याउने चटारो छ । तिहारअघि काटेको धानबाली वर्षाका कारण खेतमा नै नोक्सान भएपछि मौसममा सुधार आउने बित्तिकै उनीहरूलाई धान भित्र्याउन चटारो परेको हो । धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकले बताएका छन् । अधिकांश क्षेत्रफलको जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ । किसानको मुख्य आम्दानी स्रोतको रुपमा धान बाली रहेको छ । धान बेचेर नै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएका छन् । धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि समयको बचत हुनुका साथै परिश्...

ग्रामीण क्षेत्रमा पनि लोप हुँदै मखमली फूल’

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
गलेश्वर (म्याग्दी), १८ कात्तिकः जिल्लाका ग्रामीण क्षेत्रमा पनि मखमली फूल लोप हुन थालेपछि तिहारमा मालाको अभाव देखिएको छ । भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला दाजुभाइलाई लगाइदिने चलन भएपनि मखमली फूल लोप हुँदै गएपछि माला अभाव भएको हो । शनिबार साँझ बेनी नगरपालिका–२ ज्यामरुककोट माइतमा आएर आज भाइटीकाका दिन आफ्ना दाजुभाइलाई लगाइदिने सयपत्रीको माला उन्दै गर्नुभएकी प्रतिभालाई मखमली फूलको अभाव खड्किएको छ । माइतीको आँगनमा दाजुभाइ र बुबाआमासँग गफिँदै माला बनाइरहनुभएकी उहाँको मन भने प्रशन्न छैन, यसको कारण भने मखमली फूलको अभाव हो । “कति खोजेँ कहीँ पनि पाउन सकिनँ मैले मखमली फूल”, ढुङ्गानाले भन्नुभयो, “तिहारमा दाजुभाइलाई मखमली फूलझैँ नओइलाउने हुनु भनेर माला लगाउन पाए हुने हो । मखमलीको माला नै नभएपछि मन हर्षित छैन । कति खोजे पनि भेटिएन ।” भाइटीकाका दिन दिदीबहिनीले...

अराजकतालाई मलजल गर्ने कुनै पनि मिडिया कारवाहीमा ः अध्यक्ष बस्नेत

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
१३ कार्तिक २०८१ काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरा ल्याउने दृढता राख्नुभएको छ । सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानुनी कारवाही गरिएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, ‘समाजमा अन्योल सृजना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ । त्यस्ता गलत पात्र र प्रवृत्तिबाट मिडिया हमेशा जोगिनुपर्छ । काउन्सिलले केही मिडियालाई कारवाही गरिसकेको छ । बाँकी पनि छानवीन र कारवाहीको दायरामा आउनेछन् । ’ नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादक, सञ्चालकहरूलाई मंगलबार काउन्सिलमा राखिएको अभिमुखिकरण कक्षामा बोल्दै उहाँले पत्रकार आचारसंहिता उल्लङ्घन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढंगले पत्रकारिता गर्न स...

तपाई हाम्रो नमुना साना किसान कृषि सहकारी संस्थाको १० औं साधरण सभा सम्पन्न

कृषि, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका – ९ स्थित श्री तपाई हाम्रो नमुना साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नै सहकारीको मोबाइल बैकिङ एप्स श्री तपाई हाम्रो स्मार्ट एप्सको शुभारम्भ गर्दै आफ्नो १०औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार बाह्रबिसेमा सम्पन्न भएको साधरण सभाले सहकारी संस्थाको आयव्यय भाबि निती तथा कार्यक्रमहरुको बारेमा छलफल गरि पारित गरेको छ । बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा र उपप्रमुख मन्जु तामाङको बिशेष अतिथ्यतामा भएको साधरण सभामा सहकारीले आफ्नो नियमित बचत कर्ता, असली ऋणी तथा बाल बचतका उत्कृष्ट ब्यक्तिलाई संमान गर्दै एप्स सञ्चालनमा ल्याएको हो । सहकारी संस्थाको अध्यक्ष छत्र थामीको सभापतीत्वमा भएको साधरणा सभाको उद्धघाटन गर्दै नगर प्रमुख बस्नेतले नगर पालिकामा रहेका सहकारीहरु मध्य फरक तरिकाबाट सञ्चालन भएको यो सहकारीले उ...

नेत्रज्योतीसहकारीले बिद्यालय दिवा खाजाका लागी आँफै खेतीगर्ने

#, कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका कार्य क्षेत्र रहेको नेत्रज्योती कृषी सहकारी सस्थाले आगामी बर्ष बिद्यालय लिवाखाजका लागी आबश्यक पर्ने सामाग्रीको उत्पादन आफै गर्ने भएको छ । चौतारा सगाँचोकगढी नगरािलिका वडा नं १४को कृषकहरुलाइ तरकारी उत्पादन तथा बजारी करण सम्बन्धी अभिमुखीकरण कार्यक्रम अन्तरगा खेती योग्य जमीन बाँझौ नराखौ,उत्पादन बढाऔ आत्मा निर्भर बनौ ,,भन्ने मुल नारा का साथ कृषी समुह , कृषक जन प्रतिनिधी र बित्तीय सस्था हरु बिचको बृहत अन्तर क्रिया कार्यक्रम गरेर सहकारी सस्थाले यो कार्यक्रम ल्याउँन लागेको हो । चौतारा साँगाचोकगढी नगरपालिकन १४का वडा अध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा र कृषी बिकास बैङ्कका शाखा प्रबन्धक सजना महर्जन नगर सहकारी सञ्जालका सदस्य भेष बहादुर नेपालको बिशेष अतिथ्यतामा भएको बृहत छलफल कार्यक्रममा सहकारी सस्थाको कार्यबिधी सार्बजनीक गर्दै सहकारी सस्थाका व्यवस्...

उत्पादन बृद्धीका बारेमा कृषक,व्यपारी, जनप्रतिनिधी बिच -vita+_को बृहत छलफल

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धु पाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा कृषीको समाबेशी रुपानन्तरणका लागी मुल्य श्रृखंला (-vita+_ )कार्यक्रमको सहयोगमा कृषी बिकास बैङ्कको सहकार्यमा र नेत्र ज्योती कृषी सहकारी सस्थाको आयोजनामा छलफल कार्यक्रम भएको छ । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का वडाअध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा तरकारी उत्पादक कृषक, व्यपारी ,सहकारी,कृषी बिकास बैङ्क,बिच अन्तर क्रिया कार्यक्रम गरिएको हो । डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयमा भएको अन्तरक्रीया कार्यक्रमा (-vita+_)का कार्यक्रम संयोजक (आपुर्ती श्रृखला अधिकृत)    अनिसा महर्जनले उत्पादन कसरी बढाउँन सकिन्छ ? उत्पादित सामाग्रीलाइ कसरी बजारीकरण गर्न सकिन्छ भन्ने बारेमा .(खष्तब)को बारेमा जानकारी गराँउनु भएको थियो । उँहाले तरकारी उत्पादनका लागी कृषी बिकास बैङ्कबाट ९प्रतिशत व्याजमा कर्जाको समेत व्यवस्था गर्ने ब...

कृषी बिकास बैङ्कको सेवा बिदाको दिन गाँउमा

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
कृषी बिकास बैङ्क शाखा चौताराले कृषकहरुको समस्यालाइ मध्यनजर गर्दै शनीबारका दिन घरलैलो सेवा प्रदान गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका १४मा रहेको नेत्रज्योती कृषी सहकारी सस्थाको बिशेष अनुरोधमा वडामा गएर सेवा दिएको हो । चौतारासाँगाचोकगढी नगरपालिका कृषी शाखाबाट प्राप्त उत्पादनमा आधारित अनुदान बैङ्कीङ्गप्रणालीमार्फत भुक्तानी गर्न पर्ने र स्थानीय स्तरमा उत्पादन भएका र सहकारीलाइ बिक्री गरिएका तरकारी खाद्यननको भुक्तानी पनी बैङ्कीङ्ग प्रणालीबाट गर्नका लागी वडा कार्यलयबाट निर्देशन भएको र बैङ्कीङ्ग प्रणाली अनुसार कारोबार गर्नका लागी कृषकहरुको खाता अनीबार्य भएकाले गाँउमा सबै कृषक लाइ खाता अनिबार्य भएकोसहकारी सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालले जानकार िदिनु भयो । गत बर्षको तरकारीमा उत्पादित अनुदान नगरपालिकाबाट भुक्तानी हुन साथ कृषकको खातामा हाल्नका लागी खाता खोल्न चौतारा जान समस...

सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना

कृषि, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक, ११ असोजः कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कमा निर्मित कृषि उपज सङ्कलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र कोइकाका देशीय निर्देशक मुहेन कोङले सङ्कलन केन्द्रको संयुक्त रूपमा उद्घाटन गर्नुभयो । साथै देशीय निर्देशक मुहेनले पालिका अध्यक्षलाई कृषि उपज ढुवानी गर्ने साधनको साँचो हस्तान्तरण गर्नुभयो । गाउँपालिकाका किसानलाई आयआर्जनसँग जोड्ने नीतिलाई सार्थक पार्न कोइका नेपालले गरेको सहयोगप्रति गाउँपालिका अध्यक्ष लामाले आभार व्यक्त गर्नुभयो । गाउँपालिकाको कृषि नीतिअन्तर्गत किसानसँग जोडिने, उपलब्ध जग्गाको उच्चतम प्रयोग गरी जैविक सागसब्जी र खाद्यान्न उत्पादन गरी किसानलाई आयआर्जनसँग जोड्न केन्द्र सहयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । देशीय निर्देशक मुहेनले केन्द्र सञ्चालनसँग...

जग्गा भाडामा लिएर तरकारी खेती

कृषि, बिजनेस, विचार, समाचार
म्याग्दी, २९ भदौ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले जग्गा भाडामा लिएर तरकारीखेती गरेको छ । छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गरेको हो । विद्यालयका प्रधानाध्यापक मनबीर किसानले दुई रोपनी जग्गा भाडामा लिएर रायोसाग, काउली, बन्दा, आलु, फर्सी, जुगेनी, मुला, जागरलगायत तरकारी उत्पादन गरिएको बताउनुभयो । “सरकारले हिमाली विद्यालयका छात्रावासका लागि मासिक रु. चार हजारका दरले उपलब्ध गराउने अनुदान अपुग हुुन थालेपछि आफै तरकारी उत्पादन गरिएको हो,” उहाँले भन्नुुभयो “फुुर्सदको समय र बिदामा शिक्षक र विद्यार्थीहरुले करेसाबारीमा काम गर्छौ ।” कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा दुई सय जना भन्दा बढी विद्यार्थी छन् । कक्षा चार देखि १० सम्मका ८५ जना विद्यार्थीलाई विद्यालय भवन परिसरकै छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ । छात्रावासमा बस्...

एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
रामपुर (पाल्पा), २८ भदौः पाल्पाको रामपुर नगरपालिकाभित्र औँसी र एकादशीका दिन पशुपक्षी बध गर्न नपाइने भएको छ । धार्मिक आस्था, परम्परा तथा स्वास्थ्यका लागि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्‍याउने उद्देश्यसहित औँसी र एकादशीका दिन पशुपक्षी बध नगर्न अनुरोध गरेको छ ।“औँसी र एकादशीका दिनमा पशुपक्षी बध नगर्दा धार्मिक सहिष्णुता र सद्भाव पनि कायम हुने, धार्मिक आस्थामा कुनै असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने भएकाले उक्त दिनमा पशुपक्षी बध नगर्न/नगराउन यो सूचना प्रकाशन गरिएको छ”, सूचनामा भनिएको छ ।नगर प्रमुख रमणबहादुर थापाले एकादशी र औँसीको दिन धार्मिक साँस्कृतिक परम्परा अनुसार पशुपक्षी बध गर्न नहुने भएकाले सोही धार्मिक मान्यतालाई निरन्तरता दिनका लागि सो दिन बध नगर्न नगरवासीलाई आग्रह गरि...