सम्पर्क

खानेपानी

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

खानेपानी, ब्रेकिङ न्युज २, समाचार
मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ । मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । प्रणालीअन्तर्गत गेट नम्बर १ ले पानी सुरुङको भित्र पठाउने, गेट नम्बर ९ फल्स गर्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गेट नम्बर ९ ले गर्दा धमिलो पानी सुरुङभित्र पस्न पाउँदैन ।” आयोजनाअन्तर्गत वैकल्पिक प्रणालीअन्तर्गतका गेट मर्मतका लागि १० दिनसम्म बन्द गरिएको थियो । पानी पथान्तरणको काम ‘हेडबर्क’ ले गर्ने भए पनि सम्पन्न नहुँदै क्षतिग्रस्त भएकाले वैकल्पिक प्रणालीमार्फत पथान्तरण भइरहेको छ । गत मङ्गलबारदेखि उपत्यकामा पानी पुनः ल्याउन थालिएको थियो । गेटको मर्मतका लागि बन्द गरिएको र एकै पटक धेरै परिमाणमा पठाउ...

दुई सातापछि मेलम्चीको पानी काठमाडौँ पठाइयो

खानेपानी, ब्रेकिङ न्युज १, समाचार
गत जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको मेलम्चीको पानी काठमाडौँ पठाइएको छ । हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पु¥याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । मेलम्चीको पानी सुरुङमार्फत पहिलोपटक २०७७ फागुन २२ गते सुन्दरीजलमा आइपुगेको थियो । सोहो वर्षको चैत १५ देखि मेलम्चीको पानी परीक्षण वितरणस्वरुप काठमाडौं उपत्यकाबासीको धारामा वितरण गरिएको थियो । तर २०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठूलो क्षति भएको थियो ।...

नमुना बन्दै मेलम्ची नगरपालिका

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
मेलम्ची नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि हासिल गरेका उपलब्धिका साथै पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । शनिबार मेलम्चीमा पत्रकार सम्मेलन गरी नगर प्रमुख आइतमान तामाङले नगरको उपलब्धि प्रस्तुत गर्नुभएको हो । यसरी एक बर्षे कार्यकालको उपलब्धी साबृजनीक गर्ने सिन्धुपाल्चोक जिल्लाको पहीलो पालिका बनेको छ । एक बर्षे कार्यकाल Final Draftपञ्च बर्षीय कार्यक्रमका बारेमा जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बिशेष गरी आफु निर्बाचित भए पछी सवारी चालक का साथै कार्यलय भित्रका कर्मचारी हरु आफु अनुकुल राख्ने चलन चली आएको भएता पनी मेलम्ची नगरपालिकाले भने पुर्बवत स्थितीमा नै कर्मचारी परिचालन गरिरहेको कारण पनी मेलमची नगरपालिका वित्तीय सुशासन जोखिम मूल्यांकन गुणस्तर परीक्षणमा जिल्लाभित्र प्रथम हुनुका साथै वाग्मती प्रदेशमा दोस्रो र नेपालमा नै टपटेन स्थानमा पर्न सफल भएको बताउँनु भयो । यसअघि नगरप...

संसदीय समितिद्धारा मेलम्ची खानेपानी मूहानमा निरीक्षण

खानेपानी, ब्रेकिङ न्युज १, समाचार
रुपक पुरी संसदीय समितिद्धारा मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरिएको छ । आयोजनाको मूहानस्थलको निरिक्षणपश्चात राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आयोजना लम्बिदा लागत बढ्ने बताउभयो । उहाँले एकैपटक एकिकृत ढंगले काम गर्न सकेमा कामले गति लिनका साथै समयको बचत र लागतमा पनि कमि आउने बताउनुभयो । मेलम्चीको पानी वितरणका लागि काठमाडौंमा भइरहेको कामको उदाहरण दिदैं अध्यक्ष तिमिल्सिनाले पाइप विच्छ्याउन विजुलीका तारहरु भूमिगतगर्ने कुराहरुले गर्दा धेरै असरहरु देखापरेका भन्दै योजना बनाउँदा केहि सिकाइहरुलाई सँगै लिएर जानपर्ने बताउनुभयो । छलफलमा आयोजनका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका विगत देखि बर्तमान सम्मका अवस्था र उपलब्धीका बारेमा जानकारी गराउनुभएको थियो ।...