सम्पर्क

ब्रेकिङ न्युज १

कामपाले पूर्वराजालाई तोक्यो सात लाख ९३ हजार जरिवाना

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, १६ चैतः काठमाडौँ महानगरपालिकाले तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनका क्रममा रुख, बिरुवा तथा रेलिङ तोडफोड र वातावरण प्रदूषण गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई रु सात लाख ९३ हजार जरिवाना तोकेको छ । महानगर प्रहरी बलले शाहको समर्थनमा प्रदर्शन भएको तीनकुने क्षेत्रको आज अवलोकन र क्षति मूल्याङ्कन गरी जरिवाना तोकेको नगर प्रहरी नायब उपरीक्षक शिवलाल पौडेलले जानकारी दिनुभयो । महानगरले प्रदर्शनस्थल आसपाससहित विभिन्न स्थानमा सडक तथा सडकपेटीमा जथाभावी फोहर गरेको कसुरमा रु छ लाख, आगजनी नियन्त्रण गर्न गएको दमकलमाथि ढुङ्गा प्रहार गरी क्षति पु¥याएको कसुरमा रु एक लाख तीस हजार, रुख, बिरुवा तथा रेलिङ एवं तीनकुने आइल्याण्डमा तोडफोड कसुरमा रु ६३ हजार जरिवाना र क्षतिपूर्ति तोकेको हो ।   पूर्वराजा शाहसहितको समर्थनमा शुक्रबार भएको प्रदर्शनमा सहभागीले सार्वजनिक तथा निजी सम्...

तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १६ चैतः काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार एक सय पाँच जनालाई पक्राउ गरिएको थियो भने आज थप छ जना पक्राउ परेका हुन् । प्रहरी परिसर काठमाडौँले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले नौ, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले तीन, प्रहरी वृत्त बालाजुले एक, प्रहरी वृत्त सिंहदरबारले दुई जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । उक्त घटनामा दुई जनाको मृत्यु भएको जनाउँदै प्रहरी प्रवक्ता बोह...

दोषीमाथि कानुनी कारबाही गर्न पत्रकार महासङ्घको माग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १६ चैत : राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी समूहले सञ्चार गृहमाथि भएको तोडफोडप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार साँझ एक विज्ञप्तिमार्फत समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको मृत्यु भएको, विभिन्न सञ्चार गृहको भवनमा आगो लगाइएको, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हानिएको तथा सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने कार्य भएकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । आगो लगाएको भवनको समाचार सङ्कलनको क्रममा जलेर एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । त्यसैगरी तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पु-याइएको छ । कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछ...

रजकको जलेर निधन भएको खबरले महासंघ स्तब्ध ,अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी अराजक समुहले गरेको आगजनीमा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने र सवारी साधन तोडफोड गरी संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासघका महासचिब रामप्रसाद दाहालद्धारा बिज्ञेप्ती जारी गरी यस्तो जनाइएको हो । जारी बिज्ञेप्तीमा राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी अराजक समुहले आज गरेको आगजनीको समाचार संकलनको क्रममा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । सो समुहले आगो लगाएको भवनको समाचार संकलनको क्रम...

गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई सरकारको अपिल

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १५ चैत : सरकारले अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई अपिल गरेको छ । गृह मन्त्रालयद्वारा आज साँझ जारी प्रेस विज्ञप्तिमा कानुनको उल्लङ्घन गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ । पूर्व राजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनका क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिसात्मक प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीजस्ता अमानवीय एवं अमर्यादित घटना गैरकानुनी तथा घोर भत्र्सनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ । यस्ता हिंसात्मक एवं आपराध...

काठमाडौंको तिनकुने अशान्त भृकुटीमण्डपमा सभा

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सघीयता पक्षधर र पूर्वराजा पक्षका दुई छुट्टाछुटै सडक प्रदर्शनका कारण काठमाडौंको जनजीवन पुर्ण प्रभावित बनेको छ । नेकपा माओबादी सहीतको समाजबादी मोर्चा र दुर्गाा प्रसाइ सहीतको राजाबादी मोर्चाले छुटटा छुटटै स्थानमा गरेका बिरोध कार्यक्रम मध्य तिनकुनेको राजाबादी कार्यक्रमले उग्ररुप लिए पछी प्रहरी र प्रदर्शनकारी बिच भिडन्त भएको छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेको कारण भएको झडपमा प्रहरीहरमाथी ढङ्गा बर्षन थालेको एक प्रहरीको टाउकोमा चोट लागेको र तिनकुने स्थित एक घरमा आगलागी भएको सो आगो निभाउँन गएको काठमाण्डौ महानगर पालिकाको दमकललाइ समेत तोडफोड गरी कर्मचारीलाइ घाइते बनाएको सामाचार आएको छ । समाचार अनुसार प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तिनकुनेमा सभा हुन अगाबै उग्र भए पछी सभा बिथोलिएको थियो भने काठमाडौंको प्रदर्शनी मार्गमा गणतन्त्र पक्षधरका माओवादी केन्द्र सहित चार दलले संघीयता र ...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिनुभयो । ‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भन्नुभयो । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिंंदै आइरहेको छ । उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको सम...

चौतारामा उद्योग तथा वाणिज्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा जिल्ला स्तरमा उद्योग तथा वाणिज्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । जिल्ला स्थित सरोकारवालासँग भएको अन्तरक्रिया कार्यक्रम उद्योग तथा वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यतामा गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले कार्यक्रमको उद्धघाटन गर्दै यो आर्थिक वर्ष भरीमा २२ खर्ब उद्यमीहरुलाई कृषि मन्त्रालयबाट सस्तो व्याजमा ऋण दिने जानकारी गराउनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका साना तथा मझौला व्यवसायिक उद्योग व्यवसाय सञ्चालन गर्ने व्यवसायिकहरूलाई मौलिक उत्पादन गरिएको सामानको बजारीकरण गर्नुपर्ने र प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । उहाँले हस्तकला सिप कलाको प्रयोगबाट निर्मित सामनहरू एकले अर्काको किन्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयोे । कार्यक्रममा हामी आफैल...

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धीअख्तियार दुरुपयोग अनुशन्धान आयोगकोअन्तरक्रियागोष्ठी

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम चौतारामा  अख्तियार दुरुपयोग अनुशन्धान आयोगको  भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया÷गोष्ठी कार्यक्रम भएको छ ।जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा जिल्ला स्थित १२वटै पालिकाका प्रमुख उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख योजना प्रमुख हरु जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख हरु बिच उक्त अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले अख्तियार दुरुपयोग अनुशन्धान आयोगको काम कार्यहरुका बारेमा जानकारी लिनुका साथै आयोगको भुमिकाका बारेमा समेत जानकारी लिएका थिए । कार्यक्रमका प्रमुख अतिथी जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले सिन्धुपाल्चोक जिल्लामा आएर अख्तियार दुरुपयोग अनुशन्धान आयोगले जिल्ला स्थित जिम्मेवार निकाय जिल्ला सम्मन्वय समितीका पदाधिकारीत...

सुनको मूल्य तोलामा नौ सय घट्यो

#, ब्रेकिङ न्युज १, समाचार
गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी तोलामा रू १५ ले घटेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रू एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस...