सम्पर्क

काठमाडौंको तिनकुने अशान्त भृकुटीमण्डपमा सभा

सघीयता पक्षधर र पूर्वराजा पक्षका दुई छुट्टाछुटै सडक प्रदर्शनका कारण काठमाडौंको जनजीवन पुर्ण प्रभावित बनेको छ । नेकपा माओबादी सहीतको समाजबादी मोर्चा र दुर्गाा प्रसाइ सहीतको राजाबादी मोर्चाले छुटटा छुटटै स्थानमा गरेका बिरोध कार्यक्रम मध्य तिनकुनेको राजाबादी कार्यक्रमले उग्ररुप लिए पछी प्रहरी र प्रदर्शनकारी बिच भिडन्त भएको छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेको कारण भएको झडपमा प्रहरीहरमाथी ढङ्गा बर्षन थालेको एक प्रहरीको टाउकोमा चोट लागेको र तिनकुने स्थित एक घरमा आगलागी भएको सो आगो निभाउँन गएको काठमाण्डौ महानगर पालिकाको दमकललाइ समेत तोडफोड गरी कर्मचारीलाइ घाइते बनाएको सामाचार आएको छ । समाचार अनुसार प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तिनकुनेमा सभा हुन अगाबै उग्र भए पछी सभा बिथोलिएको थियो भने काठमाडौंको प्रदर्शनी मार्गमा गणतन्त्र पक्षधरका माओवादी केन्द्र सहित चार दलले संघीयता र गणतन्त्रको पक्षमा प्रर्दशन गरेर सभा गरेको छ ।दुवैपक्षले सडक जाम गरेर विरोध प्रर्दशन गरेकाले सर्वसाधारणलाई आवतजावतमा अप्ठेरो परेको छ । माओवादी केन्द्र सहितको चार दलीय समाजवादी मोर्चाले गणतन्त्र पक्षधरले प्रदर्शनपछि भृकुटीमण्डपअघि मुख्य सडकमा स्टेज बनाएर विरोध सभा गरेको छ भने पूर्वराजा पक्षधरले तीनकुनेस्थित खुला चौरमा विरोध सभा गर्ने भने पनी सभा भएन । समाजवादी मोर्चामा माओवादी केन्द्र सहित एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आबद्ध रहेको छ । पूर्वराजा पक्षको विरोध प्रदर्शनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नेतृत्व रहेको थियो । तीनकुनेमा राजवादी समूहले गरेको प्रदर्शनको क्रममा भएको झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएको समाचार आएको छ भने एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको बताइएको छ ।