सम्पर्क

ब्रेकिङ न्युज १

विनाशकारी भूकम्पको ९ वर्ष पूरा

ब्रेकिङ न्युज १, समाचार
वैशाख १२ भनिरहदा त्यो २०ं७२ को कालो दिनलाई सम्झेर झस्किन्छ । आज ठाक्कै १० वर्ष पुरा भएको छ । ९ वर्षको अवधि वितिसक्दा पनि त्यो कालो दिनको यादहरु भने अझै आलो नै छ । क्षणभरमै जेजे भयो, त्यसको आघात अझै ताजै छ । २०७२ साल आजकै दिन ८ हजार ७ सय ९२ जनाको ज्यान गएको थियो भने २२ हजार ३ सय ११ जना घाइते भएको थियो । २ हजार ६ सय ५६ घरहरू पूर्णरूपमा ध्वस्त भएको दिन हो आज । पश्चिम नेपाल गोरखाको बारपाक केन्द्रविन्दु बनाएर वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा आएको त्यो शक्तिशाली भूकम्पले करिब ७ लाख थप गरिबहरू थपिदिएको दिनलाई आम नेपालीले उज्यालो दिनको रूपमा मनाउन सक्दैनन् । आज भूकम्पको दश वर्ष बितेको छ । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो । काठमाडौँको सुन्धारामा अवस्थित धरहरा...

‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसियसन सिडेनको आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपन र दिगो विकाससम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँले मुलुकको विकासमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।  मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताउनुभयो । ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पूरा गर्दा धेरै इञ्जिनियरले रोजगार पाउने उल्लेख गर्नुभयो । बूढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउ...

कक्षा १२ को परीक्षा १० दिन पछि सर्‍यो

ब्रेकिङ न्युज १, समाचार
यही वैशाख ११ गतेदेखि सञ्चालनको तयारी गरेको कक्षा १२ को परीक्षा १० दिन पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुझावअनुसार राष्ट्रिय परीक्षा बोर्डले आज साँझ बैठक बसेर कक्षा १२ को परीक्षा ११ गतेदेखि सारेर वैशाख २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सारेर २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । आज बिहान बोर्डको बैठक बसेर निजामति कर्मचारी परिचालन गरेर भए पनि आउँदो बिहीबार ११ गतेदेखि नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । यद्यपि निजामति कर्मचारीले पनि परीक्षामा सहयोग नगर्ने र शिक्षकबिना परीक्षा सञ्चालन गर्ने निर्णय बिबादमा आएपछि बोर्डका पदाधिकारीले दिनभर शिक्षा मन्त्रालय र सरकारका विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेका थिए । आजै साँझ बोर्डका अध्यक्ष शर्मासहितको टोली प्रधानमन्त्री केपी ओली...

निजामति कर्मचारी परिचालन गरेरै भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सानोठिमीमा आज बसेको बोर्डको बैठकले पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षक सहभागी नभए निजामति कर्मचारी परिचालन गरेरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । परीक्षाको समय फेरबदल गर्दा विद्यार्थीको परीक्षाको तयारीमा असर पर्ने तथा समय खेर जाने भएकाले परीक्षा नरोक्ने उहाँले बताउनुभयो । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधकिारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर परीक्षा सञ्चालन गर्ने निर्णय भएको नियन्त्रक शर्माले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लास्थित निजामति कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आन्दोलन...

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाउनुभएको उहाँका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिनुभयो । “शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो”, उहाँले भन्नुभयो, “के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।” विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भयो । यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिनुभएको छ ।...

राप्रपाका अध्यक्षसहित तीन जना पक्राउ

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञान बहादुर शाही पक्राउ पर्नुभएको छ । उहाँहरु निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा पक्राउ पर्नुभएको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । राप्रपाले निषेधित क्षेत्र तोकिएको माइतीघर बिजुलीबजारमा प्रदर्शन गरेको थियो । रासस...

सुकुटेलाइ पर्यटकीय क्षेत्र घोषणा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाचौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटेलाइ पर्यकटीय क्षेत्र घोषणा गरेको छ। शनीबार एक बृहत कार्यक्रमका बिच पुर्ब सभामुख अग्नी प्रसाद सापकोटाले सुकुटेलाइ पर्यटकीय क्षेत्र घोषणा गर्नु भएको हो । पर्यटकीय क्षेत्र घोषणा गर्र्दै सापकोटाले सुकुटेलाइ अन्तराष्टीय स्तरमा चिनाउँनका लागी नगरपालिकाले खेलेको भुमिका प्रती नगरपालिका परिबारलाइ बिशेष धन्यबाद दिदै पर्यटकीय क्षेत्र घोषणा सँगै यसका मुल्य र मान्यतामा रहेर काम गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको गत मिति २०८१ पौष २८ गतेको नगर सभाको निर्णय, स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ९ को उपदफा ३ बमोजिम सुकुटेलाई पर्यटकीय हवको रुपमा विकास गर्न अल्पकालिन र दीर्घकालिन गुरुयोजना सहित अघि बढ्न दिशा निर्देश गर्न सुकुटे पर्यटकीय क्षेत्र घोषणा गरिएको चौतारा साँगाचोक गढी नगर पालिकाका प्रमुख कृष्ण प्रसाद साप...

विश्व सम्पदा दिवस मनाइँदै

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार, साहित्य
काठमाडौँ, ५ वैशाख : सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् । यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको पुरातत्व विभागले जनाएको छ । विभाग, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ तथा बागमती प्रदेश हस्तकला सङ्घको आयोजनामा पदयात्रा...

बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, ४ वैशाखः आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ । सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि...

शिक्षकको माग पुरा हुने यसका लागी सासद अधिबेशन १२ गते

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
पुर्ब प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवासँगको भेट पछी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको बैठक बोलाइ संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथा सक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने, निर्णय गराउँनु भएको समाचार प्राप्त भएको छ। बैठकले नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पारेको छ ।     यसै गरी नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल विद...