सम्पर्क

सुकुटेलाइ पर्यटकीय क्षेत्र घोषणा

सिन्धुपाल्चोक जिल्लाचौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटेलाइ पर्यकटीय क्षेत्र घोषणा गरेको छ। शनीबार एक बृहत कार्यक्रमका बिच पुर्ब सभामुख अग्नी प्रसाद सापकोटाले सुकुटेलाइ पर्यटकीय क्षेत्र घोषणा गर्नु भएको हो ।

पर्यटकीय क्षेत्र घोषणा गर्र्दै सापकोटाले सुकुटेलाइ अन्तराष्टीय स्तरमा चिनाउँनका लागी नगरपालिकाले खेलेको भुमिका प्रती नगरपालिका परिबारलाइ बिशेष धन्यबाद दिदै पर्यटकीय क्षेत्र घोषणा सँगै यसका मुल्य र मान्यतामा रहेर काम गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको गत मिति २०८१ पौष २८ गतेको नगर सभाको निर्णय, स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ९ को उपदफा ३ बमोजिम सुकुटेलाई पर्यटकीय हवको रुपमा विकास गर्न अल्पकालिन र दीर्घकालिन गुरुयोजना सहित अघि बढ्न दिशा निर्देश गर्न सुकुटे पर्यटकीय क्षेत्र घोषणा गरिएको चौतारा साँगाचोक गढी नगर पालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले सो अबशरमा जानकारी दिनु भयो ।

 

 

उँहाका अनुसार . सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन २०७६ फागुनमा सम्पन्न प्रथम सुकुटे महोत्सव, पर्यटन व्यवसायीसँग नगरपालिकाको पटक पटक छलफल, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको संयोजनमा २०८१ मा भएको राष्ट्रिय विच भलिबल प्रतियोगितामा भएका निचोडहरुलाई समेत आधार मानी यो निर्णय गरिएको हो।यसै गरी होटल, रिसोर्ट तथा पर्यटनसंग सम्वन्धित व्यवसायलाइ दिगो संचालनका लागि नीति निर्माण गरी स्थानीयतह मार्फत नियमन गरिनेछ । सुकुटे क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास गर्न आगामी नगर सभाबाट कानून निर्माण गरी सुकुटे पर्यटन विकास समिति गठन गरी उक्त समितिलाई पर्यटन शुल्क उठाउने र त्यसलाई सुकुटेको पर्यटकीय पूर्वाधार विकासमा खर्च गर्न पाउने गरी व्यवस्था गरिनेछ । प्रत्येक वर्ष नगरपालिकाले बजेट विनियोजन गरी सुकुटे क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गर्नेछ । सुकुटेमा कृषि संकलन केन्द्र निर्माण गरी र आसपासका क्षेत्रका कृषिजन्य बस्तु संकलन गरी कृषकका उत्पादन संकलन गरी सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको समन्वयमा सुकुटे क्षेत्रका होटल तथा रिसोर्टमा खपत गराइने नीति लिइने नगर प्रमुखले जनाउँनु भएको छ । उँहाले नदी संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली अभियान सहित जैविक विविधता र पर्यावरण संरक्षण गरिनेछ साथै निश्चित क्षेत्रलाई रÞ्याफ्टिङ्ग जोनको रुपमा विकास गरी नदीजन्य उत्खननलाई वैज्ञानिक व्यवस्थापन गरिने योजना रहेको जानकारी दिनु भयो ।सापकोटाले स्थानीयकला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनेछ, साथै होटल तथा रिसोर्टका मेनुमा पनि स्थानीय परिकारलाई समावेश गरिने ,व्यवसायीको लगानी सुरक्षित गर्न लगानी मैत्री वातावरण सिर्जना गरिने ,विशेष गरी लगानीका लागि चाहिने सुरक्षा र विश्वासको परिस्थिति बनाइने बताउँनु भयो ।सुकुटे जलविहारको सुन्दर हव भएकाले यसलाई आधार मानेर नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको प्याकेज तयार गरी प्रचार प्रसार गरिने समेत सो अबशरमा जानकारी दिनु भयो ।उँहाले पर्यटकीय क्षेत्रमा आवश्यक पुर्वाधारहरु जस्तैः वञ्जीजम्प, स्काई साइक्लिङ, जिपलाईनहरु निर्माण गरी पर्यटकहरुलाई थप समय यस क्षेत्रमा व्यतित गर्ने व्यवस्था गरिने, छिमेकी पालिका सुनकोशी, बलेफी र जुगलको साझेदारीमा पर्यटकीय पूर्वाधारहरु विकास गर्न पहल गरिने, पर्यटन सूचना केन्द्र निर्माण गरी नगरपालिकाका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने व्यवस्था गरिने, सुकुटे क्षेत्रको सुरक्षालाई ध्यानमा राखी नगर प्रहरीको व्यवस्था गरिने, जुगल हिमाल लगायत जिल्लाका अन्य पर्यटकीय क्षेत्रका प्रवेशद्वारका रुपमा सुकुटे क्षेत्रलाई प्रवद्र्धन गरिने,बलेफीमा पर्यटन विभागको सहयोगमा निर्माणाधिन रÞ्याफ्टिङ्ग विद्यालयको निर्माण समयमा नै सम्पन्न गरी दक्ष जनशक्ति उत्पादन गर्न स्थानीय सरकारले समन्वय गर्ने, सुकटे क्षेत्रमा पर्यटन प्रवद्र्धनका एकीकृत कार्यक्रम अघि बढाउन सरोकारवाला सबैको सामुहिक प्रयासमा जोड दिइने बताउँनु भयो ।(फोटो हरि बिकको फेसबुकबाटं)