सम्पर्क

रेशम र सिमरनले कतारबासीलाई नचाए छमछमी

दर्शन सुनार/लोकप्रिय समाचार दैनिक
बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज बहुउद्देश्यीय अक्षयकोषको “प्रथम अधिवेशन तथा बिविध साँस्कृतिक कार्यक्रममा नेपालबाट आफ्नो सांगीतिक प्रस्तुति दिन कतार पुगेका सिमरन परियार र रेशम निर्दोषले कतार बासीलाई छमछमी नचाएका छन् । शुक्रबार होलिडे भिल्लाको सभाहलमा बहुउद्देश्यीय अक्षयकोषको अभि वृद्धिको लागी आयोजना गरिएको विविध सास्कृतिक कार्यक्रममा कलाकारद्वयले आफ्नो प्रस्तुति दिदै भरपुर्ण नचाएका हुन् ।

कार्यक्रमको मुख्य आकर्षणमा रहेकी नेपालबाट आमन्त्रित अतिथी कलाकार भर्षटायल गायिका सिमरन परियारले आफ्नो पहिलो बैदेशिक सांगीतिक यात्रा कतार रहेको र कतार सम्म आउन सहयोग गर्नुहुने संस्था प्रति हार्दिक आभार व्यक्त गर्दै साँस्कृतिक कार्यक्रमको ढोका उघार्दै आफनो सांगीतिक प्रस्तुति राख्न सुरु गर्नुभयो । मेरो घर त बागलुङ,परदेशीको पानी परेको,नजर लाग्ला नी,पारी ठुली भिर,जस्ता आधा दर्जन आफ्ना सागिंतिक प्रस्तुति पेश गर्नुभयो ।

कार्यक्रमको दोस्रो चरणमा सांगितिक प्रस्तुतिको पर्खाइमा हलमा रहेका दर्शकहरुको मन जित्न अतिथी कलाकार कलाकार रेशम निर्दोष स्टेज चढे,उनले नयाँ बर्ष २०८२ सालको कतारमा रहेका सम्पुर्णलाई शुभकामना व्यक्त गर्दै आफ्नो सांगीतिक प्रस्तुति राख्न सुरु गरे,उनले कुल पित्र देवी देउता सिमे भुमेलाई सम्झिदै,सोरठी भाकामा आफ्नो प्रस्तुति राख्नुभयो । उहाँले आफ्ना सांगीतिक प्रस्तुतिमा दर्शकहरुलाई नचाउन उनले कुनै कसुर बाकी राखेनन । दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा स्थापित बहुउद्देश्यीय अक्षयकोषका तदर्थ समितिका संयोजक सन्तोष पौडेलको सभापतित्व तथा नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशन बाट सन्तोष पौडेलको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको पदाधिकारीहरुमा उपाध्यक्षमा मदन जीसी, सचिवमा भरत पौडेल, सहसचिवमा झपेन्द्र सापकोटा (ईश्वर), कोषाध्यक्षमा नीराजन गौतम र सह–कोषाध्यक्ष सुवास पौडेल रहनुभएको छ । त्यस्तै कार्यसमितिका सदस्यहरूमा मिलन गौतम, उमानन्द शर्मा (रामु), राजु खडका, तारानाथ शर्मा र सबिन शर्मा रहनुभएको छ ।

बिधिगत रुपमा ब्यानर अनावरण तथा दिप प्रज्वलन गरेर अगाडी बढेको कार्यक्रममा तदर्थ समितिका सचीव चन्द्र कान्त शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो । नेपाल मगर संघ साँस्कृतिक परिवारमा आवद्ध रहेका कलाकारहरुले स्वागत नृत्य पेश गरेको कार्यक्रमको बारेमा कार्यक्रम संयोजक रमेश भट्टले प्रष्ट पार्नु भएको थियो । भने बागलुङ सेवा समाज कतारका अध्यक्ष निराजन गौतमले कोषको आयब्य पेश गर्दै कोषलाई रकम सहयोग गरेका सहयोगीहरुको नामावली र रकम सहित प्रष्ट पार्दै अक्षयकोषमा हाल सम्म नगद ५७ लाख ९ हजार ४९२ रुपैया रकम रहेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा सुधा परियार,रेश्मी सेन्चुरी,यमुना पटेलले सागीतिक प्रस्तुति राख्नुभएको थियो । जिल्ला भित्रका समुदायको बिकास, शिक्षा स्वास्थ र अन्य बिकासका लागी सामाजिक कार्यहरुलाई सहयोग पु¥याउने उद्धेश्यले अक्षयकोषलाई सहयोग गरेका बिभिन्न सहयोगी दाताहरुलाई खादा,दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो। अधिवेशनको अवसरमा विभिन्न विशिष्ट ब्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना वक्ताहरुले कोषले बोकेको सपना छिटै पूरा हुनेमा बिश्वास समेत व्यक्त गर्नुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथी ढकालले आफ्नो मन्तव्य बोल्दै कतारमा रहेका बागलुङेहरुले गृह जिल्लाको शिक्षा,स्वास्थ र बिकासको लागी स्थापना गरेको यो मानविय तथा परोपकारी कार्य अत्यन्तै शहारनीय र उर्वरा रहेको बताउनु भयो । उहाँले विदेशमा रहदा हामी नेपालीले जति कर्म गर्छौ त्यति दुख र नेपालमा कर्म गर्न सक्ने हो भने नेपालमै पनि धेरै सम्भावना रहेको बताउदै अक्षयकोषमा हाल सम्म जम्मा भएको करिब ६० लाखको २५% अर्थात् करिब १५ लाख रुपैया आफुले कोषलाई सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्दै यो परोपकारी कार्यको कार्यक्रममा सहभागी हुने अवसर दिएकोमा बागलुङ सेवा समाज कतारलाई हार्दिक धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति पौडेलले परोपकारी कार्यमा जोडिएर साथ् र सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि थप साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापन गर्नुभयो । कार्यक्रमको सहजीकरण शारदा भुजेल र बाबू कौशलले मिलेर गर्नुभएको थियो ।