सम्पर्क

ब्रेकिङ न्युज १

मेलम्चीमा शिक्षकहरूका लागि स्थानीय पाठ्यक्रम र वातावरण सम्बन्धी आधरभुत तालिम सुरु

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिकाका शिक्षकहरूलाई स्थानीय पाठ्यक्रममा वातावरणीय शिक्षा समावेश गर्ने उद्देश्यले पाँच दिने आधारभूत तालिम सुरु भएको छ । तालिमको उद्घाटन उपप्रमुख उमा प्रधानले गर्दै रिड नेपालले स्थानीय पाठ्यक्रम निर्माणमा सहयोग गरिरहेको जानकारी दिनुभयो । उहाँले तालिमले वातावरण विषय समावेश गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । शिक्षा शाखाका अधिकृत सुदिनराज बुढाथोकीले सार्वजनिक विद्यालयको संरक्षणमा सबैले योगदान दिनुपर्नेमा जोड दिँदै शिक्षकहरूले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउन इमानदार हुनुपर्ने बताउनुभयो । उहाँले तालिमपछि सिकेका कुराहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । तालिममा मेलम्चीका ४, ६, १०, ११, १२ र १३ नम्बर वडाका १८ विद्यालयका माध्यमिक तहका ३ र आधारभूत तहका २ शिक्षक सहभागी छन् । तालिममा तोयानाथ अमाइ र रामचन्द्र पोखरेलले तालिमको सहजीकरण गर्नुहुनेछ । तालिममा वातावरणीय शिक...

अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
भक्तपुर, २४ वैशाख : सूर्यविनायक नगरपालिका–९ काँक्राबारी रातोमाटेको कहाली लाग्दो अग्लो घिसिङ डाँडा । डाँडासँगै जोडिएका झपक्कै हरिया सामुदायिक वन । एक महिना अगाडिसम्म सानो बस्ती देखिन्थो तर अहिले जङ्गलको मुहानबाट स्थानीयले खानेपानीका लागि ल्याएका धारा, हरिया जङ्गल उराठ देखिन थालेका छन् । यहाँको दृश्य देख्दा त्यहाँ पुग्ने जोकोही सच्चा नेपालीको मन कटक्क खान्छ । तर एक महिनादेखि दुई दर्जन डोजरले यहाँको प्रकृति दोहोन गरिँदा नजिकैको स्थानीय सरकारदेखि, डिभिजन वन कार्यालय र जिल्लाका सबै सरोकारवाला निकाय बेखबर झै भए । जैविक विविधता र प्रकृतिमाथि दोहोन भइरह्यो । यतिखेर यहाँको करिब चार सय ५० रोपनी ठारो भीर डोजरले कटान गरी उजाड बनाएको छ । निक भुजिकिक हाउजिङ प्रालिले जग्गा खण्डिकरण गरी आवास निर्माणका लागि भन्दै स्थानीय लामा बस्तीका बासिन्दासँग खरिद गरेको जग्गामा डोजर मात्रै चलाएन यहाँको प्रकृति, कुलो, सा...

तीनदिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काभ्रेपलाञ्चोक, २४ वैशाख : काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार पाँच सय वर्षदेखि चण्डेश्वरी जात्रा मनाईंदै आइएको छ । विशेषगरी नेवार समुदायले हरेक वर्षको चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिनसम्म उक्त जात्रा मनाउने गर्दछन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिँगारिन्छ । बनेपामा आउँदो सोमबारदेखि चण्डेश्वरी जात्रा सुरु हुँदै छ । तीन दिनसम्म मानिने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । हालका दिनमा जात्रा व्यवस्थापन समिति र स्थानीय जात्राको तयारीमा जुटेका छन् । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग)सँगै जात्रामा सरकारको तर्फबाटसमेत पूजागर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्व...

कालो ठुटो भित्रको हरियाली वन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
शारदा प्रसाद चालिसे बिनासको आधार मा बिकास प्रगति तिर लम्कदै गरेको सिन्धुपाल्चोक जिल्ला भित्र रहेको सामुदायिक बन, कबुलियती बन, निजि बन, राष्ट्रिय वनहरुले नयाँ नाम प्राप्त गरेको छ । हरियो बन नेपालको धन (गृन फरेस्ट) हामिले यो हरित बाताबरण कायम राख्न कालो ठुटामा परिनत हुन नदिन धेरै परिस्रम मेहनत गरेका छौं । पर्यटनहरुको अध्ययन स्थलको रुपमा परिणत गर्न सफल जिल्ला हो सिन्धुपाल्चोक । हामीसँग भएको यो गृन फरेस्टको सबै काठ दाउरा गोल व्यवस्थापन गर्ने बित्तीय क्षमता छैन र आर्थिक हिसाबले यो उपयुक्त पनि छ । राम्रा काठहरु समुहले सदुपयोग गर्न सक्छ, जसमा समुहलाई सहजीकरण गरिदिए पुग्छ । यो कथा सताब्दिऔ पुरानो इतिहासमा सिमित एक ब्यक्ति वा सम्प्रदायले अर्को ब्यक्ति वा सम्प्रदायलाई सुनाउदै आएको लोक वा पञ्चत्रन्त्रको कथा होइन समुदायले सामान्य ढङ्गले लिएको तर बन बाताबरण नोक्सानीको हिसाबले हेर्दा बन डढेलो दर्दनाक ...

पूर्वमन्त्री प्रदीप नेपालको निधन

ब्रेकिङ न्युज १, समाचार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री हुनुहुन्थ्यो । यसैगरी उहाँले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । एमालेको पोलिटब्युरो सदस्य रहिसक्नुभएका उहाँले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउदै आउनुभएको थियो । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गर्नुभएको थियो । उहाँ २०५६ सालमा काठमाडौ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने त्यसअघि राष्ट्रियसभा सदस्य रहनुभएको थियो । नवयुग...

लागु पदार्थविरुद्धको विद्यालय तथा समुदायस्तरमा जागरण कार्यक्रमको सुरुवात

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न विद्यालयमा लागु पदार्थविरुद्धको विद्यालय तथा समुदायस्तरमा जागरण कार्यक्रमको सुरुवातगरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अन्तर्गत नगर बाल सञ्जालको आयोजना र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहयोगमा अभियानको सुरुवात गरिएको हो । अभियानको पहिलो दिन चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउले स्थित सेतिदेवी माविमा लागुपदार्थको असर, यसले समाजमा पार्ने नकारात्मक प्रभावका बारेमा विद्यार्थी, शिक्षक र सरोकारवालाबीच छलफल गरिएको छ । नगर उप-प्रमुख सीता थापाले जनचेतना अभियान कार्यक्रम उद्घाटन गर्दै विद्यालयमा अध्यनरत बालबालिकाहरु कुलतमा नफसून् र आगामी दिनहरुमा आफ्नो भविष्य उज्ज्वल पार्न र सुखी जीवन बिताउन आवश्यक सीप सिकाइमा केन्द्रीत गर्न अभियालने सहयोग गर्ने बताउनुभयो । आफ्नो नगर लागू पदार्थ मुक्त क्षे...

कक्षा १२ को परीक्षा आजदेखि

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २०...

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश ३ मे २०२५ तदनुसार २० वैशाख २०८२ प्रत्येक वर्ष मे ३ को दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गर्‍यो । योसँगै युनेस्कोले १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने प्रस्तावलाई संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि विश्वभरी यो दिवस मनाउन सुरु भएको हो । विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षाका विषयमा समीक्षा गरी मनाउने गरिन्छ । यसको मुख्य उद्देश्य सरकार र सरोकारवाला पक्षलाई प्रेस स्वतन्त्रताको आवश्यकताका बारेमा बुझाउनुका साथै, पत्रकारको सुरक्षा तथा अभिव्यक्ति स्वतन्त्रताको सं...

सरकारले आफ्नै भू–उपग्रह सञ्चालनको आधार तयार गर्ने,निती तथा कार्यक्रम सहीत

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौँ, १९ वैशाखः सरकारले दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग र पूर्वाधारको व्यवस्थापनमार्फत गुणस्तरीय दूरसञ्चार सेवाको देशव्यापी पहुँच विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त वैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको हो । राष्ट्रपति पौडेलले भन्नुभयो, “सार्वजनिक सेवा प्रसारण संस्थाको सवलीकरण गर्दै आमसञ्चार सामग्री उत्पादन, प्रकाशन र प्रसारणलाई प्रभावकारी बनाइनेछ ।” सरकारले हुलाक सेवाका पूर्वाधारलाई व्यवस्थित गरी कार्यक्षेत्रको विविधीकरण, सेवा प्रवाहमा आधुनिकीकरण र व्यावसायीकरण पनि गर्ने भएको छ ।नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, “एक स्थानीय तह, एक स्मार्ट हुलाक अवधारणाको कार्यान्वयन गरिनेछ, सुरक्षण मुद्रणलाई दिगो र भरपर्दो रुपमा सञ्चालनमा ल्य...

सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो बनाइने

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
काठमाडौँ, १९ वैशाखः सरकारले तीन तहका सरकारबीच समन्वय र सहकार्यमा सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो वातावरणमैत्री बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सवारी दुर्घटना न्यूनीकरण गर्न सडकको अवस्था सुधार गर्ने उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “सवारी दुर्घटना न्यूनीकरण गर्न यात्रुलक्षित सचेतना कार्यक्रम गर्ने तथा सवारी चालकको क्षमता विकास गरी जिम्मेवारी बनाइनेछ ।” रणनीतिक र व्यापारिक महत्वका सडकखण्डको क्रमशः निर्माण र स्तरोन्नति गर्दै रुग्ण पुल तथा आयोजनाको निर्माण द्रुतगतिमा अगाडि बढाउने सरकारको योजना छ । सरकारले वैदेशिक सहायतामा सञ्चालन हुने सबै परियोजनाहरुको शीघ्र कार्यान्वयन गर्ने समेत घोषणा गरेको छ । सरकारले राष्ट्रिय राजमार्गमा ...