सम्पर्क

ब्रेकिङ न्युज १

कतारमा   पत्रकार पौडेल सम्मानित 

कतारमा पत्रकार पौडेल सम्मानित 

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य
दर्शन सुनार/ कतार बिगत लामो समयदेखि कतारलाई कर्म थलो बनाउदै पत्रकारितामा सक्रिय रहनु भएका म्यादीका पत्रकार तिलु शर्मा पौडेल कतारमा सम्मानित हुनु भएको छ । शुक्रबार नवोदित साहित्यिक वाचनालयको "१७ औ अधिवेशनमा पत्रकार पौडेल सम्मानित भएका हुनु भएको हो ।नवोदित साहित्यिक वाचनालय कतारले आयोजना गरेका हरेक कार्यविधि तथा परियोजनालाई फोटो ग्राफर तथा सञ्चारको माध्यमबाट अतुलनीय योगदानको कदर गर्दै दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरेको हो । लोक प्रियकर्मी सगं सवांद गर्दै पौडेलले आफुलाई सम्मान गर्ने संस्थाका सम्पुर्ण कार्यसमिति पदाधिकारी प्रति आभार व्यक्त गर्दै यो सम्मानले पत्रकारितामा दरिलो भएर कलम चलाउन थप उर्जावान र हौसला मिलेको बताउनु भयो । बिगत एक दशक देखि पत्रकारितामा सक्रिय पौडेल कतारमा सामुदायिक पत्रकारिता र मजदुरका समस्यामा सत्य तथ्य रुपमा अग्रपङ्क्तिमा रहेर कलम चलाउने पत...
सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, २ साउनः गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो । गत आवका लागि सरकारले रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । असार समान्तसम्ममा रू १५ खर्ब २३ अर्ब १० करोड ६८ लाख खर्च भएको छ । जुन वार्षिक लक्ष्यको ८१ दशमलव ८७ प्रतिशत बराबर हो । चालु शीर्षकमा गत आवका लागि रू ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ८५ दशमलव ९५ प्रतिशत अर्थात् रू नौ खर्ब ८० अर्ब २८ करोड २१ लाख खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख विनियोजन भएकोमा ६३ दशमलव दुई प्रतिशत अर्थात् रू दुई खर्ब २२ अर्ब ६८ करोड २३ लाख खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकोमा ८७ दशमलव १...
डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया सम्पन्न

डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
प्रेस काउन्सिल नेपालले ‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा बुधबार विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलाका लागि ‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसहिता’सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको संयोजन क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे)ले गरेको उक्त कार्यक्रममा विभिन्न मिडियामा कार्यरत ३२ महिला पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सन्तराम बिडारीले पत्रकार आचारसंहिताको विषयमा विस्तृत जानकारी दिनुभयो । त्यस्तै, प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले पत्रकार महिलाको जिज्ञासा मेटाउँदै काउन्सिल पत्रकारको सहयोगी संस्था रहेको र यसले पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन सहजीकरण गर्ने बताउनुभयो । त्यस्तैगरी काउन्सिलको पूर्वसदस्य एवं ...
न्यूनतम ज्याला ‘कागजी न्याय’ मात्रै ः नैनसिंह महर

न्यूनतम ज्याला ‘कागजी न्याय’ मात्रै ः नैनसिंह महर

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  काठमाडौँ, २ साउन – नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले हालै बढाएको श्रमिकको न्यूनतम ज्यालालाई ‘कागजी न्याय’ को संज्ञा दिँदै यसले श्रमिकको वास्तविक जीवनस्तर र बजारको क्रूर महँगीबीचको खाडल पुर्न नसक्ने बताउँनु भएको छ । उँहाले ज्याला निर्धारणको वैज्ञानिक आधारलाई लत्याएर केवल अंक बढाउने तदर्थवादी शैलीले श्रमिकलाई तात्त्विक राहत दिन नसक्ने बताउँनु भयो ।प्राज्ञिक विमर्श समुहले आज काठमाडौंमा आयोजना गरेको ‘विपीको समाजवाद र आजको कांग्रेस’ विषयक कार्यक्रममा बोल्दै नेता महरले सरकार, रोजगारदाता र केही ट्रेड युनियनबीचको सहमतिमा तोकिएको नयाँ ज्यालामाथि गम्भीर प्रश्न उठाउँनु भएको हो’साउन १ गतेदेखि लागू भएको १९,५५० रुपैयाँको नयाँ ज्याला सामान्य रुपमा थोरै अग्रगामी देखिए पनि यो श्रमिकको पसिनाको उचित मूल्य होइन भन्नु हुँदै महँगीले उसको आँखामा ...
आज साउन १ः कर्कट (साउने) सङ्क्रान्ति लुतो फाल्ने दिन

आज साउन १ः कर्कट (साउने) सङ्क्रान्ति लुतो फाल्ने दिन

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १ साउनः सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आ...
समाधान पत्रकारितासम्बन्धी कार्यशाला सम्पन्न

समाधान पत्रकारितासम्बन्धी कार्यशाला सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ । प्रेस काउन्सिल नेपालले सोलुसन जर्नालिज्म नेटवर्कसँगको सहकार्यमा ‘समाधान पत्रकारिता (सोलुसन जर्नालिज्म)सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा मंगलबार एक कार्यक्रमबिच समाधान पत्रकारितासम्बन्धी आधारभूत कार्यशाला सम्पन्न भएको हो । सोलुसन जर्नालिज्म नेटवर्कका मान्यता प्राप्त प्रशिक्षक टुमराज कोइरालाले उक्त कार्यशालामा कार्यपत्रसहितको प्रस्तुती राख्नुभएको थियो । सो क्रममा उहाँले समाधान पत्रकारिताबारे परिचयसहित यसका आधारभूत पक्ष, यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा भएका अभ्यासबारे चर्चा गर्नुभएको थियो । कार्यशालामा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा कार्यरत २० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो । उक्त कार्यशालामा प्रेस काउन्सिल नेपालका सदस्य बालकृष्ण अधिकारीले प्रेस काउन्सिल नेपाल प्रेस स्वतन्त्रताका संरक्षण गर्दै समाधान पत्रक...

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, ३२ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । साथै मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको हुनसक्ने छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराई भेग तथा मधेस प्रदेशको केही स्थानमा हुरी चल्ने सम्भावना छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, म...
बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

ब्रेकिङ न्युज १, समाचार
चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ ।  ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारी तिब्बतर्फ जमेको पानी उपकरणका सहायताले खोल्न सुरु गरेको हो । स्थानीय सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुङ्गा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन् । यही असार २३ गते केरूङबाट सामान लिइ फर्केका ती कन्टेनर समय अभावका कारण नेपालतर्फ प्रवेश गर्न नपाएपछि तिब्बतर्फ नै थन्किएका ती कन्टेनर सोही दिन राति आएको बाढीका कारण डुकानमा परेका हुन् । स्थानीय केरुङ खोलामाथिको राजमार्गमा लामबद्ध राखिएका कन्टेनरसहित आसपासमा रहेका केही घरसमेत डुबानमा परेको सीमासुरक्षा अधिकारीहरूले जनाएका छन् । नेपाततर्फ रसुवा भन्सार कार्यालय हाताभित्र जाँचपास ...
पत्रकार पदयात्रा–२ : प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

पत्रकार पदयात्रा–२ : प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुलाल्चोक, २९ असार : प्रदेश र सङ्घीय सरकारले मेलम्ची नगरपालिका वडा ९ स्थित प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि उचित बजेट विनियोजन नगर्दा ओझेलमा परेको छ । पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको सो स्थानमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि जनचेतना जगाउने ध्येयले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ भन्ने नाराका साथ पत्रकार पदयात्रा–२ आयोजना गरिएको छ । सम्पादक समाज नेपालद्वारा मेलम्ची नगरपालिकाको आतिथ्यमा मेलम्ची –९ स्थित गुफाडाँडामा शनिबार आयोजित सो कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडाको पर्यटकीय सम्भावनालाई प्रदेश र सङ्घ सरकारले उचित ध्यान दिन नसकेको गुनासो गर्नुभयो । “मुख्यमन्त्रीदेखि मन्त्रीहरूसम्म यहाँ आएर जनताको माझमा गरेका प्रतिबद्धताहरू अझै पूर...
चौतारामा बजेटको अभाव सम्पन्न योजनाको भुक्तानी अर्काे आबमा पाउँने

चौतारामा बजेटको अभाव सम्पन्न योजनाको भुक्तानी अर्काे आबमा पाउँने

#, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
आर्थिक बर्ष सकिन लाग्दा बाँकी भएका बजेट हरको काम हतार हतारमा गर्दा कामको पारदर्सीता पनी कम हुने र भुक्तानीमा पनी समस्या आउँने रोग पुरानै हो । यस बर्ष जिल्लाको सदरमुकाम चौतारासाँगाचोकगढी नगरपालिकामा भुक्तानीको अन्तिम दिन पनी भिडभाड नै रह्यो ।यो गत बर्ष पनी यस्तै भिड हुने गरेको थियो यसमा कुनै नौलो कुरा थिएन । तर चौतारा साँगाचोकगढी नगरपालिकाले सम्पन्न भएका केही योजनाहरुको तत्काल भुक्तानी गर्न नसक्दा भने समस्या देखा परेको छ । यो समस्या संघ र प्रदेशको रकम कटौती भएपछि परेको हो । चौतारा साँगाचोकगढी नगरपालिकामा प्रदेस सरकारबाट अनुदान र राजस्व बाँडफाँडको रकम कटौती भएपछि बिभिन्न योजनाको रकम भुक्तनीमा केही समस्या परेको भएता पनी काम सम्पन्न भएका योजनाहरुको भुक्तानी १महीना पछी अर्थात भदौमा मात्र हुने भएको हो ।नगरपालिकाको योजनाअनुसार संघको समानिकरण अनुदानमा ९१ प्रतिशत र प्रदेश सरकारले राजस्व बाँडफाँडबाट...