काठमाडौँ, २ साउन – नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले हालै बढाएको श्रमिकको न्यूनतम ज्यालालाई ‘कागजी न्याय’ को संज्ञा दिँदै यसले श्रमिकको वास्तविक जीवनस्तर र बजारको क्रूर महँगीबीचको खाडल पुर्न नसक्ने बताउँनु भएको छ । उँहाले ज्याला निर्धारणको वैज्ञानिक आधारलाई लत्याएर केवल अंक बढाउने तदर्थवादी शैलीले श्रमिकलाई तात्त्विक राहत दिन नसक्ने बताउँनु भयो ।प्राज्ञिक विमर्श समुहले आज काठमाडौंमा आयोजना गरेको ‘विपीको समाजवाद र आजको कांग्रेस’ विषयक कार्यक्रममा बोल्दै नेता महरले सरकार, रोजगारदाता र केही ट्रेड युनियनबीचको सहमतिमा तोकिएको नयाँ ज्यालामाथि गम्भीर प्रश्न उठाउँनु भएको हो’साउन १ गतेदेखि लागू भएको १९,५५० रुपैयाँको नयाँ ज्याला सामान्य रुपमा थोरै अग्रगामी देखिए पनि यो श्रमिकको पसिनाको उचित मूल्य होइन भन्नु हुँदै महँगीले उसको आँखामा ल्याएको आँसुमाथिको मोलतोल जस्तो देखियो,’ नेता महरले मर्मस्पर्शी टिप्पणी गर्नु भयो । ‘यो वृद्धिले उसको भान्सामा थोरै राहत देला, तर बच्चाको महँगिएको शिक्षा, परिवारको स्वास्थ्य उपचार र भविष्यको सामान्य सपनालाई सम्बोधन गर्न सक्दैन ।’ उँहाको भनाइ रहेको छ ।
नेपाली कांग्रेस १५ औं महाधिवेशनका सशक्त महामन्त्री उम्मेदवार समेत रहनु भएका नेता महरले सरकारले ‘न्यूनतम ज्याला’ को कानुनी प्रक्रिया पूरा गरे पनि श्रमिकलाई सम्मानजनक जीवन जिउन आवश्यक पर्ने ‘जीवनयापन लागत’ को अवधारणालाई पूर्णतः बेवास्ता गरेको आरोप लगाउँनु भयो ।‘अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार ज्याला कम्तीमा पनि खाद्य, आवास, शिक्षा, स्वास्थ्य र सामान्य सामाजिक व्यवहार धान्न सक्ने हुनुपर्छ,’ भन्नु हँदै ‘विभिन्न अध्ययनले काठमाडौं लगायतका तमाम सहरमा चार जनाको परिवारलाई सामान्य जीवनयापन गर्न मासिक ३० देखि ३५ हजार रुपैयाँ आवश्यक पर्ने देखाइरहँदा सरकारले तोकेको १९,५५० को आँकडा कसरी वैज्ञानिक र न्यायोचित हुन्छ ?’ भनी प्रश्न राख्दै यो वृद्धिले श्रमिकलाई गरिबीको रेखाभन्दा माथि उठाउन नसक्ने स्पष्ट पार्नु भयो । उँहाले विगत दुई वर्षको बजार विश्लेषण गर्दै महरले १३ प्रतिशत हाराहारीको ज्याला वृद्धिलाई वास्तविक मुद्रास्फीतिले पहिल्यै निलिसकेको तर्क गर्नु भयो । ‘यो वृद्धि श्रमिकको हातमा पर्नुअघि नै आकाशिएको बजार भाउ र दुई अंकको डिलमा रहेको वास्तविक मुद्रास्फीतिको दानवले निलिसकेको छ। ,’ भन्नु भन्नु हँुदै, ‘यसले श्रमिकको खस्किएको क्रयशक्तिलाई बढाउँदैन, बरु यथास्थितिमा राख्न पनि संघर्ष गर्नुपर्ने अवस्था छ ।’ भन्नु भयो । कार्यक्रमको विषयवस्तुसँग जोड्दै उहाँले विपी कोइरालाको समाजवाद तथ्यांकमा मात्र सीमित नभएर हरेक श्रमिक र गरिबको आत्मसम्मानसँग जोडिएको बताउँनु भयो । ‘विपीले परिकल्पना गरेको समाजवादमा श्रमिक केवल उत्पादनको साधन होइन, अर्थतन्त्रको सम्मानित हिस्सेदार हो,’ भन्नु हँुदै महरले ‘अपर्याप्त ज्यालाले श्रमिकमा निराशा र उत्प्रेरणाको खडेरी ल्याउँछ, जसको सीधा असर देशको राष्ट्रिय उत्पादकत्वमा पर्छ । उचित ज्याला खर्च होइन, अर्थतन्त्रलाई चलायमान राख्ने सबैभन्दा शक्तिशाली लगानी हो ।’भन्नु हुँदै महरले ज्याला निर्धारणको तदर्थवादी प्रणाली अन्त्य गरी जीवनयापन लागत सूचकांकमा आधारित वैज्ञानिक र स्वचालित प्रणाली विकास गर्न सरकारसँग माग गर्नु भयो । सरकारले साउन १ देखि लागू हुने गरी श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १७,३०० बाट बढाएर आधारभूत तलब १२,१७० र महँगी भत्ता ७,३८० गरी १९,५५० रुपैयाँ तोकेको थियो ।
