सम्पर्क

ब्रेकिङ न्युज १

बाहादुर सिंह लामा को पक्षमा १५

ब्रेकिङ न्युज १, समाचार
  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाउँनु भएको छ । नेपाली काँग्रेसको तर्फबाट मुख्य मन्त्री बन्नु भएको लामा ले ३७ मतमा जम्मा १५ मत मात्र प्राप्त गर्नु भएको छ । नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलमा ईन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ,उर्मिला नेपाल केसी,शान्ता ढकाल,प्रभात तमाङ, छिरीङ्ग दोर्जे लामा , मीना पराजुली , याङ्किला शेर्पा, मीन कृष्ण महर्जन,बिमल ठकुरी, मदुकुमार श्रेष्ठ,सुरजचन्द्र लामिछाने,सुरेश श्रेष्ठ, श्रीराम लामिछाने,सुना परियार, श्यामबहादुर खड्का, कृष्णबहादुर तामाङ ले विश्वासको मतको पक्षमा समर्थन गर्नु भएको छ । भने विश्वासको मतको बिपक्षमा बहादुरसिंह लामा तामाङ,कुन्दनराज काफ्ले,उत्तम जोशी लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी,रामकुमार पहा...

नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ

ब्रेकिङ न्युज १, समाचार
नक्कली सुन देखाइ रु २१ लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ घर भई हाल भक्तपुर ठिमि–८ बोडे बस्ने २८ वर्षीय बुद्धिबहादुर तामाङ तथा नुवाकोट मेगङ गाउँपालिका–८ घर भई हाल भक्तपुर चागुनारायण–८ सुडाल बस्ने २२ वर्षीय सुमन तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नक्कली सुन देखाइ प्रतितोला रु एक लाख १० हजारमा दिन्छु भनी प्रलोभनमा पारी गत फागुन २५ गते ओखलढुङ्गाका ढकबहादुर बुढाथोकीबाट रु १२ लाख र जेठ २७ गते दोलखा भीमेश्वर–५ का अर्जुन बस्नेतबाट रु नौ लाख ५० हजार लिई फरार रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट सुनजस्तो देखिने पहेलो धातु (एक केजी) एक थान बरामद गरिएको थियो । दुवै जनालाई...

सुनकोशी नदीमा पाँच वर्षदेखि पुल निर्माण अलपत्र

ब्रेकिङ न्युज १, समाचार
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाको सापिङका विभिन्न वडा तथा बस्तीमा सडकको पहुँच पुर्‍याउने उद्देश्यले विसं २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण कम्पनीले उक्त मोटरेबल पुलको काम समयमा नगर्दा भुम्लुका हजारौँ नागरिकले सास्ती खेप्दै आउनुपरेको हो । सिन्धुपाल्चोकको चेहेरेलाई सडक सञ्जालसँग जोड्न लागि सुनकोशी नदीमा मोटरेबल पक्की पुल निर्माणार्थ सडक विभाग र अमर कन्स्ट्रक्सन प्रालिबीच विसं २०७७ भदौ १० गते सम्झौता गरिएको थियो । विसं २०८० जेठ २ गतेसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता गरिए पनि निर्माण व्यवसायीले विभिन्न बाहाना बनाउँदै काममा आलटाल गरेकाले पाँच वर्षसम्म पुल अलपत्र बनेको स्थानीय बताउँछन् । विभागअन्तर्गतको पुल सेक्टर कार्यालय...
सडक दुर्घटना कम गर्न सडक संकेत राख्दै कामपा

सडक दुर्घटना कम गर्न सडक संकेत राख्दै कामपा

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ महानगरपालिकाले सडक दुर्घटनाको जोखिम कम गर्न साउन महिनादेखि आफ्ना मातहतका सडकहरूमा सडक सङ्केत चिह्न पुनःस्थापना गर्ने तयारी गरेको छ । सडक विभागसँगको सहकार्यमा मुख्य राजमार्ग बाहेकका क्षेत्रमा सङ्केत राख्ने र ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने कामपाको योजना छ । पहिले राखिएका चिह्न मेटिँदा दुर्घटना र अव्यवस्थाको समस्या देखिएको भन्दै अब सडक प्रयोगकर्तालाई सचेत बनाउने अभियान पनि सँगै सञ्चालन गरिने ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो । कामपाले स्कुले विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक क्लब गठन गरिरहेको छ । छानिएका विद्यार्थीलाई तालिम दिएर विद्यालयअगाडि सडक पार गराउन सहयोग गराउने योजना पनि अगाडि बढाइएको छ । यसै आर्थिक वर्षमा ट्राफिक कोन, डिभाइडर र टल्किने सङ्केतजस्ता सामग्री थपेर सुरक्षालाई प्रभावकारी बनाउने लक्ष्य रहेको कामपाले जनाएको छ ।...
चट्याङ लाग्दा गोठमा बाँधिएको भैसीको मृत्यु, मिटर बक्समा पनि क्षति

चट्याङ लाग्दा गोठमा बाँधिएको भैसीको मृत्यु, मिटर बक्समा पनि क्षति

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ पैरेस्थित एक घरमा चट्याङ पर्दा चौपायाको मृत्यु हुनुका साथै घरको बिजुली मिटर बक्समा समेत क्षति पुगेको छ । शुक्रबार राति करिब ८ः३० बजे सरीमाया नेपालीको गोठमा चट्याङ पर्दा गोठभित्र बाँधिएको ब्याउने भैसीको घटनास्थलमै मृत्यु भएको हो । सो चट्याङले घरमा जडान गरिएको विद्युत मिटर बक्समा समेत आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।...
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका सांसदहरुले हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेका छन् । शुक्रबार मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै २१ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो ।नेपाली कांग्रेस संसदीय दलका सदस्य सचिव कृष्णकुमार तामाङलाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अगुवाईमा मुख्यमन्त्री लामा विरुद्धको अविश्वास प्रस्ताव बुझाएको हो । कांग्रेस संसदीय दलको रेकर्डअनुसार सो प्रस्ताव आव २०८२÷८३ दर्ता नम्बर ०२ मा दर्ता गरिएको छ । मुख्यमन्त्री लामाको नेतृत्वका कारण सरकार तथा प्रतिपक्षमा रहँदा कांग्रेसको भूमिका कमजोर रहेको अविश्वासको प्रस्तावमा उल्लेख छ । पछिल्लो पटक फरक समीकरणमा दुईपटक सरकारमा रहेको कांग्रेसबाट लामाले अर्थमन्त्री र मुख्यमन्त्री बन्ने अवसर पाएपनि प्रभावकारी कार्...
मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका कर्मचारी आन्दोलित

मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका कर्मचारी आन्दोलित

ब्रेकिङ न्युज १, समाचार
नेपाल विद्युत प्राधिकरण हेलम्बु–मेलम्ची वितरण केन्द्रमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर आन्दोलन सुरू गरेका छन् । दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटक सहमति र सम्झौता भए पनि कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले नेपाल विद्युत प्राधिकरण हेलम्बु– मेलम्ची वितरण केन्द्रलाई माग पत्र बुझाएको संघर्ष समितिका अमृत ढकालले बताउनुभयो । उहाँले माग पत्र बुझाउँदै आगामी आन्दोलनका कार्यक्रमहरूबारे जानकारी समेत गराउनुभएको छ । यहाँ दैनिक ज्यालादारीको रूपमा १५ जनाले वर्षौ देखि काम गरिरहेको आन्दोलन पक्षले बताएको छ । २०८० साउन ३१ गते सम्पन्न ९४९औं सञ्चालक समिति बैठकबाट दैनिक ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने निर्णय भइसकेको हो । त्यसयता पटक–पटक सहमति र सम्झौता भए पनि कार्यान्वयनमा कुनै पहल...
विचारः युवा पुस्तामा सकारात्मक सोचको खाँचो

विचारः युवा पुस्तामा सकारात्मक सोचको खाँचो

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ८ साउन(रासस): आजको युग तीव्र गतिमा परिवर्तन भइरहेको छ । विज्ञान, प्रविधि, सूचना र सञ्चारको तीव्र विकासले मानव जीवनलाई सहज र गतिशील बनाएको छ । तर, यही परिवर्तनको आँधीभित्र युवा पुस्ता दिशाहीन, दिग्भ्रमित र चिन्तित भइरहेका छन् । उनीहरूलाई आत्मविश्वासभन्दा बढी डर छ, आशाभन्दा बढी शङ्का छ, उद्देश्यभन्दा बढी अन्योल छ । यस्तो अवस्थामा सकारात्मक सोच नै उनीहरूको जीवनलाई नयाँ दिशा दिनसक्ने एउटै शक्तिशाली उपाय हो । त्यसैले, युवालाई सकारात्मक सोचमा प्रशिक्षित गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता बनेको छ । आजको प्रतिस्पर्धात्मक युगमा युवा भविष्यप्रति अन्योल, मानसिक तनाव, र असन्तुष्टिको दबाबमा छन् । सामाजिक सञ्जाल, बेरोजगारी, पारिवारिक अपेक्षा, र असफलताले उनीहरूमा नकारात्मक सोच विकास गर्न सक्ने सम्भावना बढेको छ । यस्तो अवस्थामा युवामा सकारात्मक सोचको खाँचो गम्भीर र आवश्यक विषय हो । सकारात्मक सोच ...
तातोपानी नाकाबाट बाढीले रोकिएका २ सय ३ जना नेपालीलाई चीनबाट उद्धार

तातोपानी नाकाबाट बाढीले रोकिएका २ सय ३ जना नेपालीलाई चीनबाट उद्धार

ब्रेकिङ न्युज १, समाचार
चीनको केरुङ क्षेत्रस्थित रसुवा नाकामा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकहरूलाई तातोपानी नाका हुँदै सुरक्षित रूपमा स्वदेश फर्काइएको छ । भोटेकोशी नदीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल पूर्ण रूपमा बगाएपछि ती नेपाली चीनतर्फै रोकिएका थिए । गत असार २४ गतेदेखि मितेरी पुल अवरुद्ध भएपछि केरुङमा थुनिएका २०३ जना नेपालीलाई बुधबार बिहान चिनियाँ सुरक्षा निकायको सहकार्यमा २० वटा गाडीमार्फत तातोपानी नाकामा ल्याइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार फर्काइएका नेपालीहरू अधिकांश रोजगारीको शिलशिलामा चीन गएका थिए, भने केही ट्रान्सपोर्ट क्षेत्रमा गाडी चालकका रूपमा कार्यरत थिए । लामो समयदेखि चीनको केरुङ क्षेत्रमै सुरक्षित स्थानमा राखिएका ती नेपालीलाई नेपाल ल्याउन नेपाल सरकार र चिनियाँ पक्षबीच निरन्तर समन्वय भइरहेको थियो । तातोपानी नाका क्षेत्रमा नेपाल–चीन सी...
एमसिए नेपालसँग विद्युत प्रसारण आयोजना सम्बन्धमा मेलम्चीका ४ वडाहरुले गरे ध्यानाकर्षण

एमसिए नेपालसँग विद्युत प्रसारण आयोजना सम्बन्धमा मेलम्चीका ४ वडाहरुले गरे ध्यानाकर्षण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका वडा नं. १ देखि ४ सम्मका वडा अध्यक्षहरूले मिलेर आज (एमसिए) नेपालका कार्यकारी निर्देशकसँग भेट गरी विद्युत प्रसारण आयोजनाबाट उत्पन्न समस्याबारे गम्भीर ध्यानाकर्षण गराएका छन्। एमसिए नेपालद्वारा निर्माण हुन लागेको विद्युत प्रसारण लाइनका कारण ती वडाका नागरिकहरू प्रत्यक्ष प्रभावित हुने भएकाले प्रभावित समुदायको हक, हित र क्षतिपूर्तिको माग गर्दै लिखित ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरिएको हो। छलफलमा उठाइएका प्रमुख विषयहरु यस्ता छन्ः १. आयोजनाबाट प्रभावित व्यक्तिहरूको क्षतिपूर्ति र मुआब्जा सुनिश्चित गर्ने। २. हाल ४६ मिटर चौडाइलाई मात्र प्रभावित क्षेत्र मानिएकोमा यो मापदण्ड विस्तार गरी नजिकका बस्ती र विद्यालयलाई समेत लाभग्राहीमा समेट्नुपर्ने। ३. प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको समेत क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने ४. आयोजना अन्तरगत स्थानीय पूर्वाधार विकास, विश...