सम्पर्क

चट्याङ लाग्दा गोठमा बाँधिएको भैसीको मृत्यु, मिटर बक्समा पनि क्षति

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ पैरेस्थित एक घरमा चट्याङ पर्दा चौपायाको मृत्यु हुनुका साथै घरको बिजुली मिटर बक्समा समेत क्षति पुगेको छ । शुक्रबार राति करिब ८ः३० बजे सरीमाया नेपालीको गोठमा चट्याङ पर्दा गोठभित्र बाँधिएको ब्याउने भैसीको घटनास्थलमै मृत्यु भएको हो ।

सो चट्याङले घरमा जडान गरिएको विद्युत मिटर बक्समा समेत आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।